Nepal Purbadhar

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

बिहिबार, चैत्र १५, २०८०
Thursday, March 28, 2024

नबिल बैक आईजे ग्लोबल म्यागेजिनको शीर्ष २० बैकहरुको सुचीमा


काठमाडौं । नबिल बैंक ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड प्रोजेक्ट फाइनान्स श्रेणी अन्तर्गत आईजे ग्लोबल पत्रिकाद्वारा प्रकाशित शीर्ष २० बैंकहरूको विशेष लिगको तालिकामा सुचीकृत भएको छ ।
आईजे ग्लोबल युरोमनी संस्थागत संस्थागत लगानीकर्ता व्यवसायको एक हिस्सा र विश्वको सबैभन्दा ठूलो पूर्वाधार र परियोजना वित्त डेटा स्रोत मानिन्छ । आईजे ग्लोबल तथ्यांकले ३२ हजार भन्दा बढी कारोबारहरू, २६ हजार परियोजनाहरू र २१ सय कोषहरू समावेश गरेको छ । जुन शीर्ष परियोजना वित्त ऋणदाताहरूको ८०%, शीर्ष कानून फर्महरूको ९०%, र शीर्ष वित्तीय सल्लाहाकारको ८५% को बजार कभरेजको साथ दैनिक आधारमा अद्यावधिक गर्ने गरेको छ ।
यो मान्यताले नबिल बैंकको कर्जा प्रशोधन प्रक्रिया, पूर्वाधार लगानीमा विशेषज्ञता र विशेष गरी ऊर्जा क्षेत्रमा कर्जा लगानीमा बैंकले लगानी पारीयोजनाहरु प्रदर्शन गरेको छ । वरीयता लिग तालिकामा नबिल बैंक १४ औ स्थानमा छ भने जुन जुन जे–सीआईबी (ग्लोबल सिष्टमिकल्ली इन्पोट्यान्ट बैक) शीर्ष २० औमा पर्न सफल भएको छ । लिग तालिकामा नबिल बैंकको सूचीकरणले बैंकको बजार प्रोफाइल बढाउनुको साथै अन्तर्राष्ट्रिय बजारमा बैंकको साख स्थापित गर्ने अपेक्षा गरिएको बैकले जनाएको छ ।
नबिल बैंकले शाखा बैंकिङ, ट्रेजरी, ट्रेड, कार्ड, रेमिट्यान्स र लगानी बैंकिङमार्फत १५० शाखा, १८७ एटिएम र १७० भन्दा बढी बैकिङ साझेदारहरूसँग मार्फत अन्तर्राष्ट्रिय बजारमा पहुँच व्यावसायिक बैंकिङ सेवा गर्दै आएको छ । बैकका अनुसार, निर्माणमा आधारित उद्योगहरू जस्तै, सिमेन्ट र स्टिल कलकारखानाले नबिल बैंकबाट कर्जा लिइ चलेका उद्योगहरूबाट देशको कुल खपतको ५०% माग पुर्ती गर्दै आएको छ । जलविद्युत क्षेत्रमा १८ सय मेगावाट सम्मको आन्तरिक जलविद्युत उत्पादनमा अधिकतम नबिल बैंकको लगानी छ । बैंक निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको लागि देशकै सबैभन्दा ठूलो ऋण सिण्डिकेशन व्यवस्थापनको एक महत्वपूर्ण हिस्सेदार पनि हो ।


Read Previous

सबैलाई खानेपानीको पहुँचदेखि नगर सडकलाई पक्की गर्नेसम्मका गण्डकी प्रदेशको प्राथमिकता (पूर्ण पाठसहित)

Read Next

सुर्खेतमा सम्पन्न भयो डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट

Leave a Reply

Your email address will not be published.