
भक्तपुर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले वर्षाका कारण क्षति पुगेको घ्याम्पेडाँडा हुँदै रानीकोट गढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।
भक्तपुरको सूर्यविनायक नगरपालिका-८ स्थित उक्त सडकमा वर्षाले क्षति पुर्याएपछि मुख्यमन्त्री थापाले आज प्रभावित क्षेत्रको अवलोकन गरेका हुन्।
निरीक्षणका क्रममा उनले भक्तपुरको महत्वपूर्ण ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको रानीकोट जाने सडकलाई सुरक्षित, सहज र व्यवस्थित बनाउन ध्यान दिइने बताए।
उनले सडकको अवस्थाबारे जानकारी लिँदै आवागमन सहज बनाउने विषयलाई प्राथमिकता दिइने उल्लेख गरे।


