
काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत आयोजित विभिन्न कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता सहभागी भएकी छन्।
कार्यक्रममा बिमस्टेक सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहकार्य विस्तार, ज्ञान तथा अनुभव आदानप्रदान र स्वास्थ्य क्षेत्रका साझा चुनौतीबारे छलफल भएको छ। सहभागीहरूले साझा स्वास्थ्य समस्याको पहिचान गर्दै तिनको समाधानका उपायबारे अन्तरक्रिया गरेका छन्।
कार्यक्रममा स्वास्थ्य सचिव डा. विकास देवकोटा र मन्त्रीका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहर प्रधान पनि सहभागी छन्।
मन्त्री मेहताले स्वास्थ्य प्रणाली सुदृढीकरण, क्षेत्रीय साझेदारी प्रवर्द्धन तथा साझा स्वास्थ्य चुनौती सम्बोधन गर्न सदस्य राष्ट्रहरूबीच सहकार्य, समन्वय र आपसी समझदारी थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।


