Nepal Purbadhar

उड्नै लागेको एयर इन्डियाको विमानमा अपहरणको धम्की, कोलकाता विमानस्थलमा खैलाबैला


काठमाडौं। भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको विमान अपहरण गर्ने धम्कीपूर्ण नोट फेला परेपछि कोलकाता विमानस्थलमा सुरक्षा सतर्कता अपनाइएको छ।

बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरण गर्ने धम्की दिइएको नोट फेला परेको थियो। त्यसपछि विमानलाई आइसोलेसन बेमा राखेर सुरक्षा जाँच सुरु गरिएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।

समाचार एजेन्सी पीटीआईका अनुसार विमानस्थल निर्देशक विक्रम सिंहले उडानको तयारी भइरहेका बेला नोट फेला परेको जानकारी दिएका छन्। विमान बिहान १०ः२० बजे उड्ने तालिका थियो भने नोटमा बिहान ११ः१० बजे विमान अपहरण गरिने धम्की उल्लेख थियो।

घटनाबारे पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई जानकारी गराएपछि विमानस्थलका अधिकारीहरूले आवश्यक सुरक्षा प्रक्रिया अघि बढाएका थिए। विमानलाई सुरक्षित स्थानमा राखेर थप जाँच गरिएको समाचार एजेन्सी आईएएनएसले जनाएको छ।


Read Previous

बिमस्टेक बैठक: क्षेत्रीय स्वास्थ्य सहकार्य र साझा चुनौतीबारे छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar