Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

सुर्खेतमा सम्पन्न भयो डिजिटल कर्णाली संवाद र स्टार्टअप फेस्ट


काठमाडौ । कर्णाली प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा डिजिटल कर्णाली संवाद सम्पन्न भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा बिहीबार आयोजना भएको इबिमा स्टार्टअप एण्ड आइडिया फेस्ट तथा ह्वावे डिजिटल सुदूरपश्चिम संवाद सम्पन्न भएको हो ।

दिउँसो १ बजेदेखि सुरू भएको स्टार्टअप एण्ड आइडिया फेस्टमा १५ भन्दा बढी स्टार्टअप तथा आइडिया सहभागी भएका थिए । उक्त समयमा एक्सपिरियन्स शेयरिङ, मेन्टरिङ सेसन र आईडिया पिचिङ सेसन पनि आयोजना भएको थियो । कार्यक्रम १५ सय बढीले अवलोकन गरेका छन् ।

फेस्टमा आफ्नो आइडिया प्रस्तुत गर्नेमध्येबाट इन्क्युवेसनका लागि ३ स्टार्टअप तथा आईडिया छनोट भएका छन् । फेस्टमा सुर्खेत सफ्ट प्रालि उत्कृष्ट स्टार्टअप हुन सफल भएको छ । इन्क्युबेसनका लागि सुर्खेत सफ्ट प्रालिसँगै कार टु र भर्मि कमपोष्ट तथा भर्मिकवास प्रोडक्टसन छनोटमा परेका छन् ।

त्यस्तै ३ बजेदेखि सुरू भएको डिजिटल कर्णाली संवादमा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले सुचना प्रविधिको विकासका लागि प्रदेश सरकार अघि बढेको बताए । संवादमा स्थानीय तहका जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायहरूको समेत उपस्थिति थियो ।

संवादमा आईटी तथा ई–गभर्नेन्स विज्ञ सुरेन्द्र यादव र मध्यपश्चिम विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर पञ्चदेव भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए । डिजिटल संवादमा कर्णाली प्रदेशको डिजिटाइजेसन र डिजिटल रूपान्तरण विषयमा छलफल भएको छ ।


Read Previous

नबिल बैक आईजे ग्लोबल म्यागेजिनको शीर्ष २० बैकहरुको सुचीमा

Read Next

आगामी बजेटका लागि पर्यटन पुनरुत्थान विशेष कार्यक्रमसहित हानका ११ बुँदे सुझाव (विस्तृतमा)

Leave a Reply

Your email address will not be published.