
काठमाडौं । नेपाल श्रीलंका चेम्बर अफ कमर्सको २० औं वार्षिक साधारणसभाले ऊर्जा उद्यमी नरेन्द्र बल्लभ पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
मंगलबार राजधानीमा सम्पन्न साधारण सभाले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का उपाध्यक्ष,देव ग्रुपका अध्यक्ष पन्तको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो ।

चेम्बरको मानार्थ सदस्यमा राजेश काजी श्रेष्ठ चयन भएका छन् । वरिष्ठ उपाध्यक्षमा प्रदिप लाल श्रेष्ठ, उपाध्यक्षमा चंकी क्षेत्री र सुदेश उपाध्याय चयन भएका छन् । महासचिवमा शिवांगी शाह, कोषाध्यक्षमा अभिषेक अग्रवाल, सचिवमा मनिश राजभण्डारी,सुनिता सिंह चयन भएका छन् । कार्यसमिति सदस्यमा राजेश शाक्य,धिरज कार्की, सुमन श्रेष्ठ,रञ्जन खड्का,रश्मी जोशी, सुधिर अग्रवाल,विबेक झा,सुमेध शाक्य,रिकेन महर्जन निर्वाचित भएका छन् ।
त्यसै गरी कार्य समिति सदस्यहरुमा नवराज बजगाई,मीना महर्जन,माधव प्रसाद, अमुल अग्रवाल, लक्ष्मण न्यौपाने,सञ्जय कुमार सिंहानियाँ, कुमार दाहाल,प्रविण बान्क चयन भएका छन् ।

त्यसै गरी मिग्रेन्द्र मेहर श्रेष्ठ, जय देवन,डा.हरिष जोशी सल्लाहकारमा नियुक्त भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पन्तले दुई देशको आर्थिक तथा सामाजिक क्षेत्रको विकासका लागि संस्थाले काम गर्ने बताए । उनका अनुसार दुई देशको ऐतिहासिक सम्बन्धलाइ आर्थिक विकाससंग जोड्ने बताए । कार्यक्रममा नेपालका लागि श्रीलंकाली राजदुत रुवन्थी डेल्पिटिया (Ruwanthi Delpitiya) को उपस्थिति थियो । vउनले नेपाल र श्रीलंकाको पुरानो मित्रवत सम्बन्धलाइ सम्झदै थप प्रगाढ बनाउनुपर्ने बताइन् ।

संस्थाका मानार्थ सदस्य राजेश काजी श्रेष्ठले नेपाल र श्रीलंकाबीच व्यापारी सम्बन्ध विस्तार गर्न सकिने बताए । उनका अनुसार स्टोन,समुद्री सामाग्री,कोकोटनका सामाग्रीहरु नेपालले आयात गर्न सक्छ । नेपालबाट ह्याण्ड क्रयाफ्ट,हर्बल,चिया, गार्मेन्टलगायतका सामानहरु थप निर्यात गर्न सकिन्छ । उनले दुवै देशको आर्थिक विकासका लागि व्यापार बढाउनुपर्ने बताए ।

नेपाल र श्रीलंका दुवै दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य रहेकाले आर्थिक विकासका लागि दुवै मुलुकले सहकार्य गर्न सक्नेछन् ।









तस्बिरहरु:नेपाल फोटो लाइब्रेरी
को हुन् नवनिर्वाचित अध्यक्ष पन्त ?

यो सामाग्री अध्यक्ष पन्तसंग सम्बन्धित छ । उनका बारेमा जानकारी लिन यो सामाग्रीमा जान सक्नुहुनेछन् ।
२७ वर्षमै हाइड्रो रोजेका पन्त: हाक्दैछन् अर्बौका परियोजना, संघर्षबाट सिर्जिएको सफलता


