
काठमाडौं । सुन्तलाको मुख्य सिजन सुरु भएसँगै काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तलाको कारोबार बढ्न थालेको छ। बजारमा नेपालका विभिन्न जिल्लाबाट ल्याइएका सुन्तला बिक्रीका लागि राखिएका छन्।
कालीमाटी बजारमा गोरखा, तनहुँ, स्याङ्जा, कास्कीलगायत जिल्लाबाट सुन्तला भित्रिन थालेका हुन्। अहिले बजारमा सुन्तलाको आकार र गुणस्तरअनुसार मूल्य निर्धारण गरी बिक्री भइरहेको छ।

व्यापारीका अनुसार हाल प्रतिढग (५ केजी) सुन्तलाको मूल्य ३५० रुपैयाँदेखि ५५० रुपैयाँ ६ सय रुपैयाँसम्म रहेको छ। ठूला आकारका र गुणस्तरीय सुन्तलाको मूल्य तुलनात्मक रूपमा बढी पर्ने गरेको छ।

सिजनको सुरुवातसँगै बजारमा सुन्तलाको उपलब्धता बढ्न थालेको छ। आगामी दिनमा उत्पादन हुने जिल्लाबाट थप सुन्तला बजारमा भित्रिने र आपूर्ति बढ्दै जाने व्यापारीहरूको अपेक्षा छ।

सुन्तलाको उत्पादन र बजारमा आपूर्ति बढेसँगै आगामी दिनमा कारोबार थप विस्तार हुने उनीहरूले बताएका छन्।

