Nepal Purbadhar

मन्त्रिपरिषद्का निर्णय : विपद् जोखिम ऋणपत्रमा हस्ताक्षर गर्न स्वीकृति देखि खेलाडीलाई पुरस्कारसम्म


काठमाडौं। नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग भूकम्प जोखिमसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिनेदेखि बिटौरी जग्गा दर्तासम्बन्धी समिति गठन आदेश स्वीकृत गर्ने र एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गर्नेसम्मका निर्णय गरेको छ।

बैठकले विश्व बैंकसँग नेपालको भूकम्प जोखिम व्यवस्थापनका लागि विपद् जोखिम ऋणपत्रसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिएको छ।

त्यस्तै, बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश, २०८३ स्वीकृत गरेको छ।

बैठकले जापानको आईची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराँतेका खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णयसमेत गरेको छ।

यसैगरी, नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ।


Read Previous

९०० मेगावाट क्षमताको अरुण-३ जलविद्युत् आयोजनाको आरसीओडी थपियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar