Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

पर्यटनमासहकार्य गर्न उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डबीच समझदारी


काठमाडौ\मुलुकको पर्यटन प्रवद्र्धनमा सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्डबीच समझदारी भएको छ ।
पर्यटन उद्योगको प्रवद्र्धन र अवधारणा विकासमा सहकार्य गर्न समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले आज महासंघ सचिवालयमा हस्ताक्षर गरेका छन् ।
आपसी समझदारी अनुसार पर्यटन विकासमा विभिन्नतहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्र्तराष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने छ ।
त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तराष्ट्रिय बजारीकरण, पर्यटनसंग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयां दिशा दिन यो सहमती कोशेढुंगा हुने बताए ।
वोर्डका प्रमुख कार्यकारी अधिकृत डा. रेग्मीले भारतीय र चिनिया पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनुु पर्नेमा जोड दिए । महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको जानकारी दिइन ।


Read Previous

भारतबाट आयातित बिजुलीमा भारी कटौती, उद्योगमा लोडसेडिङ आयातमा निर्भर

Read Next

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १ हजार ३७२ डलर, अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ

Leave a Reply

Your email address will not be published.