Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

भारतबाट आयातित बिजुलीमा भारी कटौती, उद्योगमा लोडसेडिङ आयातमा निर्भर


काठमाडौं/ नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको लोडसेडिङ भारतबाट आयात हुने बिजुलीमा निर्भर रहने बताएका छन् । पछिल्लो समयमा भारतले बिजुली आयातमा भारी कटौती गरेपछि ठूला उद्योगहरुमा दैनिक १२ घण्टासम्म बिजुली काट्नु परेको बताए ।

भारतीय खुल्ला बजारबाट हुने आयातको आधारमा औद्योगिक क्षेत्रमा लोडसेडिङ गरिने उनको भनाई छ । ‘दैनिक रुपमा हामीले भारतीय बजारबाट बिजुली किन्न बिड गरिरहेका छौ, साँझ ५ बजे कति आउँछ भन्ने एकिन भएपछि उद्योगहरुलाई त्यो दिनको ६ बजेदेखि भोलिपल्टको १२ बजेसम्म कति बिजुली दिन सक्छौ भनेर उद्योगीहरुलाई जानकारी गराउँछौ’ उनले भने ।

विगतमा ४५० मेगावाटसम्म बिजुली आयात भईरहेकोमा भारतमा बढ्दो बिजुलीको माग र कोइलाको संकटको कारणले दैनिक कम्तीमा ७० देखि १ सय ५० मेगावाटसम्म आयात गरिरहेको जानकारी दिए । यसको कारणले उद्योगहरुमा लोडसेडिङ गर्न बाध्य भएको प्राधिकरणको भनाइ छ । ‘भारतले आयातित कोइलाबाट उत्पादित बिजुली मात्र नेपाललाई दिन्छ, त्यो पनि सकिदै गएपछि त्यसको मार हामीले भोग्नुपरेको छ, विद्युत प्राधिकरणले आयात गर्दै आएको पीटीसी र एनभीभीएनले कटौती गरेपछि भारतीय खुला बजारबाट खरिद गर्न लागेकोमा भारतमा समेत बिजुली नभएपछि धेरै कटौती भएको छ’ उनले भने, ‘घरायसी क्षेत्रमा त लोडसेडिङ हुँदैन तर १५ दिनदेखि एक महिनासम्म उद्योगमा केही समय गर्नुपर्ने हुन सक्छ तर भारतीय बजारबाट बढी बिजुली भएको अवस्थामा भने उद्योगहरुले धेरै लोडसेडिङ भोग्नु पदैन ।’

नेपालमा गत बर्ष २७० लाख युनिट माग रहेकोमा ३३० देखि ३५० लाख युनिट पुगेको अर्थात करिब तीन सय मेगावाट बिजुलीको माग थपिएको उल्लेख गरे । उनले पछिल्लो समयमा विद्युत उत्पादन घट्दै गएकोले विद्युत आपुर्तिमा समस्या परेको बताए ।हालै भारतमा भएको प्रधानमन्त्री भ्रमणले ऊर्जा क्षेत्रमा ठूलो उपलब्धि हासिल भएको उल्लेख गरे । भारत ३६४ मेगावाट विद्य्ुत निर्यात गर्न दिने उल्लेख गरेपछि ४१२ मेगावाटसम्म आगामी जुलाईदेखि अक्टोबरसम्म निर्यात गर्दा साढे २८ अर्ब बिजुली बेचेर आम्दानी गर्न सक्ने बताए ।

हाल १२ भारतीय रुपैयाँमा नेपालले बिजुली खरिद गरिरहेकोमा सो मुल्यमा नेपालले पनि बेच्न पाउने उनको भनाई थियो । पछिल्लो समयमा भारत, वंगलादेश, श्रीलंका लगायतमा ऊर्जा संकट बढ्दै गएको छ भने यसको असर नेपालमा पनि देखिन थालेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोशी पिकिङ जलविद्युत आयोजना निर्माण सम्पन्न भएको कारण घरायसीमा भने लोडसेडिङको सम्भावना छैन तर भारतबाट बिजुली आयात ठप्प भएमा भने उद्योगमा लोडसेडिङको समभावना उच्च छ ।


Read Previous

पूर्वाधारमा वैदेशिक सहायता र लगानी ढाँचा

Read Next

पर्यटनमासहकार्य गर्न उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डबीच समझदारी

Leave a Reply

Your email address will not be published.