Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
दिक्तेल-चखेवाभञ्ज्याङ सडक खण्डमा ३ पुल निर्माणको अन्तिम चरणमा    पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा    निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा   

आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने प्रक्षेपण, प्रतिव्यक्ति आय १ हजार ३७२ डलर, अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ


काठमाडौं । केन्द्रिय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९ मा ५ दशमलव ८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्त (९ महिना) सम्मका वास्तविक तथ्यांक र वैशाखदेखि आउने असारसम्म तीन महिना अवधिको अनुमानित तथ्यांकका आधारमा विभागले यो प्रक्षेपण गरेको हो । यो उपभोक्ता मूल्यमा गरिएको अनुमान हो ।

कोभिड १९ महामारीको अवस्था विद्यमान रहेको भएपनि प्रभाव साह्रै न्यून हुदै गएको र यस आर्थिक वर्षको अन्तिमसम्म यसको नकारात्मक असर नरहने विभागले अनुमान गरेको छ । साथै आर्थिक क्रियाकलापहरू सामान्य किसिमले सन्चालन हुने विश्वासमा चालु आबको आर्थिक वृद्धिको अनुमान गरिएको विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

चालू आर्थिक वर्षमा वर्तमान सरकारले प्रतिस्थापन बजेटमार्फत ७ प्रतिशत वृद्धि हुने लक्ष्य राखेको थियो । त्यसअघि अध्यादेश बजेटले ६.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य उल्लेख गरेको थियो । विभागले अहिले गरेको प्रक्षेपण बजेटमा राखिएको लक्ष्यभन्दा न्यून हो । तर, विश्व बैंक, एशियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको प्रक्षेपणभन्दा धेरै हो । विश्व बैंकले ३.७, एडिबीले ३.९ र कोषले ४.१ प्रतिशतको वृद्धि हुने अनुमान गरेका थिए ।

तथ्यांक विभागले गत आवको आर्थिक वृद्धिको तथ्यांक पनि संशोधन गरेको छ । यसअघि आव २०७७/७८ मा अर्थतन्त्र ४.०१ प्रतिशतले वृद्धि हुने विभागले अनुमान गरेको थियो । त्यसलाई संसोधन गरेर ४.३ प्रतिशतले वृद्धि हुने जानकारी दिएको छ ।

त्यस्तै आव २०७६/७७ को आर्थिक वृद्धिदर २ दशमलव ४ प्रतिशतले ऋणात्मक भएको अन्तिम अनुमान छ । यो आर्थिक वृद्धि नेपालमा कुल गार्हस्थ्य उत्पादनको अविच्छिन्न गणना हुन थालेको ५७ वर्षको इतिहासमै सबैभन्दा कमजोर हो । यसअघि गत आबमा संसोधित अनुमान माइनस १ दशमलव ९९ प्रतिशतले नकारात्मक हुने प्रक्षेपण सार्वजनिक विभागले सार्वजनिक गरेको थियो ।

आधारभूत मूल्यमा आर्थिक वृद्धि ५ दशमलव ४९ प्रतिशत

केन्द्रिय तथ्यांक विभागले आधारभूत मूल्यमा भने आर्थिक वृद्धिदर ५.४९ प्रतिशत हुने प्रारम्भिक अनुमान रहेको छ । आर्थिक क्षेत्रहरूसँग सम्बन्धित आँकडा तथा सूचनाहरूका आधारमा तयार गरिएको तथ्यांक यो वृद्धिदर अनुमान गरिएको हो । आधारभूत मूल्यमा गत आर्थिक वर्ष २०७७/७८ मा ३.८३ प्रतिशत हुने संशोधित अनुमान र आर्थिक वर्ष २०७६/७७ मा २.४२ प्रतिशत ऋणात्मक रहेको अन्तिम अनुमान छ

प्रतिव्यक्ति आय १ हजार ३७२ डलर, अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब

चालू आव ०७८/७९ मा नेपालीको औसत प्रतिव्यक्ति आय १ हजार ३७२ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । यो अघिल्लो आब ०७७/७८ को अनुमानभन्दा १८१ डलरले बढी हो । अघिल्लो आब ०७७/७८ मा नेपालीको औसत प्रतिव्यक्ति आय एक हजार १९१ अमेरिकी डलर पुग्ने अनुमान गरिएको थियो । कुल गार्हस्थ्य उत्पादनलाई जनसंख्याले भाग गरी प्रतिव्यक्ति आम्दानी गणना गरिन्छ ।

त्यस्तै, यस आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब ६३ करोड रुपैयाँ (उपभोक्ताको मूल्यअनुसार) पुग्ने अनुमान छ । अघिल्लो आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार ४२ खर्ब ६६ अर्ब रुपैयाँ पुग्ने अनुमान थियो ।


Read Previous

पर्यटनमासहकार्य गर्न उद्योग वाणिज्य महासंघ र पर्यटन बोर्डबीच समझदारी

Read Next

दार्चुला–टिंकर सडक आयोजना निर्माणमा के हुदैछ ? (फोटो फिचर)

Leave a Reply

Your email address will not be published.