
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था,नेपाल (इप्पान)को वरिष्ठ उपाध्यक्ष पदमा उत्तम लामा र बलराम खतिवडाबीच प्रतिस्पर्धा हुने भएको छ ।
भोली जेठ २९ गतेको साधारणसभाले नयाँ कार्य समिति चयन गर्दैछ । नयाँ कार्य समितिको अध्यक्ष हालको कार्यसमितिका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी हुनेछन् ।
वरिष्ठ उपाध्यक्षका लागि लामा र खतिवडा समुहले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका हुन् । दुवै समुहले मनोनयन दर्ता गरिसकेका छन् ।
उत्तम लामा समुह
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम लामाको नेतृत्वमा रहेको प्यानलले विभिन्न पदका उम्मेदवारहरूको टुंगो लगाएको छ।

प्यानलले वरिष्ठ उपाध्यक्षमा उत्तम लामा, उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, सुशन कर्माचार्य, हिम पाठक, विक्रम विष्ट र नरेन्द्र बल्लभ पन्तलाई उम्मेदवार बनाएको छ। यस्तै महासचिवमा टीएन आचार्य, उपमहासचिवमा कविता पोखरेल, कोषाध्यक्षमा शंकर बस्याल तथा सचिवहरूमा कुबेरमणि नेपाल, अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, सुमन जोशी र विजयमोहन भट्टराई रहेका छन् ।
सदस्यहरुमा अनुप आचार्य, जगत पोखरेल, कदम केसी, प्रतिम ज्ञवाली, वर्णन लामिछाने,नारायण खनाल,ज्योती गैरे, सोमनाथ कडेल, सरिता शाक्य प्रधान रहेका छन् ।
बलराम खतिवडा समुह
घोषित प्यानलमा वर्तमान कार्यसमितिका पदाधिकारी तथा जलविद्युत् क्षेत्रका विभिन्न कम्पनीका प्रतिनिधिहरू समेटिएका छन्। प्यानलअनुसार बलराम खतिवडा वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार छन्। उनी एबीपी इनर्जी, एटलस इनर्जी र बराह मल्टिपावर लिमिटेडसँग आबद्ध छन्।
उपाध्यक्ष पदका उम्मेदवारहरूमा वर्तमान उपाध्यक्ष भरतबहादुर खत्री, वर्तमान सचिव भरतप्रसाद नेपाल, कुमार खरेल, इन्जिनियर दीपक पौडेलतथा महिला उपाध्यक्षतर्फ सिर्जना खड्का रहेका छन्।

महासचिव पदका लागि वर्तमान उपमहासचिव प्रकाशचन्द्र दुलाल उम्मेदवार बनेका छन्। सचिव पदमा कृष्णप्रसाद घिमिरे, ताराबहादुर लिम्बु, इन्जिनियर वीरेन्द्रबहादुर मल्ल, संगीता धमला र ईशा श्रेष्ठ रहेका छन्।

कोषाध्यक्ष पदका लागि वर्तमान कार्यसमिति सदस्य इन्जिनियर मिथुन पौडेल उम्मेदवार छन्।
त्यसैगरी सदस्य पदका उम्मेदवारहरूमा सोमनाथ कडेल, डा. भूषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, सीए नारायण कडेल, सुकुन्द ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली रहेका छन्।

