Nepal Purbadhar

ग्यासको अभावबारे गुनासो बढेपछि मन्त्री यादव नेपाल ग्यास उद्योगमा


काठमाडौं। उपभोक्तालाई खाना पकाउने ग्यास सहज रूपमा उपलब्ध नभएको भन्दै गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी यादवले शनिबार नेपाल ग्यास उद्योगको अनुगमन गरेका छन्।

ग्यासको आपूर्ति तथा वितरणमा देखिएको समस्या र उपभोक्ताले भोग्नुपरेको कठिनाइबारे जानकारी लिन मन्त्री यादवले उद्योगको स्थलगत अनुगमन गरेका हुन्।

अनुगमनका क्रममा ग्यासको मौज्दात, आपूर्ति तथा वितरणको अवस्थाबारे जानकारी लिने तयारी गरिएको छ। पछिल्लो समय विभिन्न क्षेत्रमा खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेको गुनासो उपभोक्ताबाट आइरहेको छ।

यसैबीच मन्त्री यादव शनिबार दिउँसो १२ बजे पुरानो नेपाल आयल निगम कार्यालय, टेकु जाने कार्यक्रमसमेत रहेको जनाइएको छ।


Read Previous

काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द, कुन कुन स्थानमा छैन बिजुली?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar