Nepal Purbadhar

ऊर्जामा सहसचिवहरुको जिम्मेवारी हेरफेर,पौडेललाई ऊर्जा महाशाखाको जिम्मेवारी,मण्डल मन्त्रालय तानिए


काठमाडौं । ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयमा सहसचिवहरुको जिम्मेवारी हेरफेर भएको छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सहसचिवहरुको जिम्मेवारी मन्त्रीस्तरीय निर्णयबाट हेरफेर गरेका हुन् । जिम्मेवारी हेरफेर भएका सहसचिवहरुले शुक्रबार नै चिठ्ठी बुझेका छन् ।

विद्युत विकास विभागबाट मन्त्रालय सरुवा भएका सहसचिव सुनिल पौडेललाई ऊर्जा महाशाखाको जिम्मेवारी दिइएको छ । उनी विभागबाट मन्त्रालय सरुवा भएपछि जिम्मेवारी विहिन थिए । ऊर्जा महाशाखाका सहसचिव सन्दिप कुमार देव जल तथा ऊर्जा आयोग सरुवा भएका छन् । जल तथा ऊर्जा आयोगमा सचिवका रुपमा कार्यरत जीवछ मण्डल मन्त्रालय सरुवा भएका छन् । उनलाई जिम्मेवारी भने तोकिएको छैन् ।

विद्युत विकास विभागको महानिर्देशकबाट सरुवा भएकी मनदेवी श्रेष्ठलाइ विद्युत नियमन आयोगमा सरुवा गरिएको छ। उनले त्यहा सचिवका रुपमा काम गर्नेछिन् । यस अघि पनि सचिवका रुपमा काम गरिसकेको अनुभव उनीसंग छ ।

विभागबाट सरुवा भएका सहसचिव गोकर्णराज पन्तलाई कुनै जिम्मेवारी तोकिएको छैन् । उनी मन्त्रालयमा हाजिर मात्रै गरेर बसेका छन् ।


Read Previous

हामीले नोटबन्दीबारे सोचेका छैनौं: अर्थमन्त्री वाग्ले

Read Next

दुई महिनापछि नेपाल भित्रिदै ‘एल निनो’: खडेरी र सुख्खायामको सामना गर्न पूर्वतयारीमा जुटौं: मन्त्री श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar