भरतपुर महानगरले ल्यायो ५ अर्ब १९ करोडको बजेट
काठमाडौं । चितवन जिल्लाको भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५ अर्ब १९ करोड रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले आइतबार महानगरपालिकाको १७ औं नगरसभामा बजेट प्रस्तुत गरेका हुन् ।