
कास्की। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष मोहन डाँगीले हालै निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको २२ मेगावाट क्षमताको सेती खोला हाइड्रो पावर लिमिटेडको स्थलगत अनुगमन गरेका छन्।
कास्कीको पोखरामा निर्माण सम्पन्न भएको आयोजनाको स्थलगत निरीक्षण गर्दै अध्यक्ष डाँगीले नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए।
उनले जलविद्युत् उत्पादनसँगै यसको विकासले रोजगारी सिर्जना, औद्योगिकीकरण तथा समग्र आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने धारणा राखे।
अनुगमनका क्रममा सेती खोला हाइड्रो पावर लिमिटेडका प्रतिनिधिहरूले आयोजनाको निर्माण तथा सञ्चालन अवस्थाबारे अध्यक्ष डाँगीलाई जानकारी गराएका थिए।
सो अवसरमा सेती खोला हाइड्रो पावर लिमिटेडका तर्फबाट अध्यक्ष डाँगीलाई मायाको चिनो प्रदान गर्दै उनको कार्यकालको सफलताको शुभकामना दिइएको थियो।
