Nepal Purbadhar

साउनको अन्तिम सोमबार पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको ओइरो

????? ????????? ???????? ?????? ???????, ?? ???? ? ???? ??????? ?????? ?????? ?????? ??????????? ??????? ???? ???? ????????? ? ??????? ?????????? ?????÷????


काठमाडौँ। साउन महिनाको अन्तिम सोमबार देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको ओइरो लागेको छ। विशेषगरी काठमाडौँको पशुपतिनाथ मन्दिर मा दर्शनका लागि आउने भक्तजनको ठूलो भीड देखिएको छ।

झरी परिरहे पनि शिवभक्तहरू बिहानैदेखि लामबद्ध भएर पशुपतिनाथको दर्शनका लागि पुगेका छन्। मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। गौशाला, जयवागीश्वरी, मित्र उद्यान, चाबहिल, चुच्चेपाटी, कुमारीगाल, वाग्मती करिडोर, गुह्येश्वरी, मृगस्थली र गौरीनगरलगायत क्षेत्रबाट भक्तजन पशुपतिनाथतर्फ जाने क्रम जारी छ।

साउनको अन्तिम सोमबार पशुपतिनाथमा विशेष पूजा तथा दर्शनका लागि आउने भक्तजनको सहज र सुरक्षित व्यवस्थापनका लागि सुरक्षाकर्मी तथा स्वयंसेवक परिचालन गरिएको छ। सवारी आवागमन व्यवस्थित गर्न विभिन्न स्थानमा ट्राफिक प्रहरीको बाक्लो उपस्थिति छ।

यस अवसरमा सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको समेत लाम लागेको छ। मन्दिरमा विशेष पूजा बिहान ८ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुने र चारै ढोका राति ८ बजेसम्म खुला रहने जनाइएको छ।

काठमाडौँ उपत्यकाका अन्य शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ। गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत शिव मन्दिरमा दर्शनार्थीको चहलपहल बढेको छ।

त्यसैगरी, हेटौँडाको भुवनेश्वर पशुपति मन्दिर, नेपालगन्जको प्रसिद्ध बागेश्वरी मन्दिर, काठमाडौँको दक्षिणकाली मन्दिर लगायत देशभरका ठूला–साना शिवालय तथा धार्मिकस्थलमा पनि साउनको अन्तिम सोमबार दर्शनार्थीको घुइँचो लागेको छ।

देशभरका शिवालयमा बिहानैदेखि लागेको भक्तजनको भीडले साउन महिनाको धार्मिक महत्त्व र शिवभक्तिको उत्साहलाई थप झल्काएको छ।


Read Previous

झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र, ३३ किलोमिटर सडक ग्राभेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar