Nepal Purbadhar

काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि विद्युत् आपूर्ति बन्द, कुन कुन स्थानमा छैन बिजुली?


काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले भूमिगत केबल जडान तथा फिडर मर्मतका लागि काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि पालोपालो विद्युत् आपूर्ति बन्द गरिरहेको छ।

प्राधिकरणका अनुसार रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरी आवश्यक मर्मत तथा जडानको काम गर्न लागिएको हो।

आज शनिबार (साउन २३ गते) भीमसेनस्थान फिडरअन्तर्गतका टेकु, १२ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ह्युमत, जैसीदेवलदेखि काष्ठमण्डप, २१ नम्बर वडा कार्यालय, १२ वर्षे इनार, पलाञ्चोक भगवती तथा आसपासका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द भएको थियो।

त्यस्तै, डिल्लीबजार फिडरअन्तर्गत कालिकास्थान, डिल्लीबजार, न्युप्लाजा, चारखाल, पुतलीसडक, ट्रिनिटी कलेज तथा आसपासका क्षेत्रमा दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द छ।

यसैगरी भोलि आइतबार (साउन २४ गते) लाजिम्पाट फिडरअन्तर्गत लैनचौर, खुर्सानीटार, पुरानो प्रचण्ड निवास, र्‍याडिसन होटल, लाजिम्पाट मूल सडक तथा आसपासका क्षेत्रमा बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ।

प्राधिकरणले तोकिएको समयभन्दा अगावै काम सम्पन्न भए विद्युत् आपूर्ति पनि सोहीअनुसार चाँडै सुचारु गरिने जनाएको छ।

विद्युत् आपूर्ति बन्द हुने समयमा सम्बन्धित क्षेत्रका उपभोक्तालाई आवश्यक तयारी गर्न प्राधिकरणले आग्रह गरेको छ।


Read Previous

एक महिनादेखि इलाम-राजदुवाली सडक अवरुद्ध, प्रहरीको सहयोगमा यात्रा, ग्यासको समेत अभाव

Read Next

ग्यासको अभावबारे गुनासो बढेपछि मन्त्री यादव नेपाल ग्यास उद्योगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar