Nepal Purbadhar

हामीले नोटबन्दीबारे सोचेका छैनौं: अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले तत्काल नोटबन्दी गर्नेबारे नसोचेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले ‘नोटबन्दी किन नगर्ने?’ भनेर प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले सरकारको धारणा स्पष्ट पारेका हुन्।

उनले अहिलेको अवस्थामा नोटबन्दी उपयुक्त नहुने सरकारको निष्कर्ष रहेको बताए।

“नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उनले भने।

नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकको अनुभव पनि उत्साहजनक नरहेको उनले बताए। अन्य देशमा नोटबन्दी गरिए पनि त्यसको सफलता राम्रो नदेखिएको भन्दै अहिले नेपालमा पनि यस्तो कदम चाल्ने अवस्था नरहेको उनको भनाइ थियो।


Read Previous

डीडीसीको बजार पहिलोपटक दुबईमा विस्तार, ६ सय किलो घ्यू पठाइँदै

Read Next

ऊर्जामा सहसचिवहरुको जिम्मेवारी हेरफेर,पौडेललाई ऊर्जा महाशाखाको जिम्मेवारी,मण्डल मन्त्रालय तानिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar