Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

पनौती-खोपासी सडक कालोपत्र गर्न स्थानीयकाे माग


धुलिखेल । पनौती नगरपालिकाको रोशी खोला पुलबाट खोपासी बजार हुँदै बेथानचोक गाउँपालिकाको सिमाना पाटीखर्कसम्मको ४ किलोमिटर सडकखण्ड कालोपत्र गर्न स्थानीयले माग गरेका छन् । लामो समयदेखि उक्त खण्डमा कालोपत्र नहुँदा यात्रा गर्न सास्ती हने गरेको भन्दै स्थानीयले कालोपत्र गर्न स्थानीयले माग गरेका हुन् ।

पनौती–१० का वडाध्यक्ष मोहनबहादुर भण्डारीले वर्षौँ बितिसक्दा पनि कच्ची सडकमा कालोपत्र नहुँदा यात्राका क्रममा धुलो र खाल्डाखुल्टीका कारण स्थानीयले सास्ती खेप्नुपरेको भन्दै छिट्टै कालोपत्र गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराइएको बताए ।  जिल्लाको पनौतीपछिको मुख्य बजारको रुपमा रहेको खोपासी बजारसम्म व्यवस्थित सडक नबन्नु विडम्बनाको विषय भएको उनले बताए ।

एकातिर सो बजार भएर जाने छिमेकी पालिका बेथानचोक, पनौती बजार, नजिकैको वडालगायत सबै ठाउँमा पक्की सडक निर्माण भइसकेको भन्दै वडा नं १० अझैपनि पिछडिएर बस्नु परेको वडाध्यक्ष भण्डारीको भनाइ छ । स्थानीयको समस्या तत्काल समाधान गर्नका लागि नगरपालिका, प्रदेश र संघ सरकारलाई ध्यानाकर्षण गर्दै कालोपत्र गर्न गर्न आग्रह गरिएको उनले बताए ।

“पहिला साँघुरो रहेको सडक विस्तार त भयो, तर स्तरोन्नति नगर्दा धुलो, हिलो र खाल्डाखुल्टीका कारण यात्रा गर्दा सास्ती हुने गरेको छ”, वडाध्यक्ष भण्डारीले भने, “वरिपरिको सहर बस्ती र सोही बजार भएर छिमेकी गाउँपालिकासम्म पुग्ने सडक कालोपत्र हुँदा बीचको यो वडाको मुख्य सडक अव्यवस्थित भएको छ ।”

सडक कालोपत्र गराउनको लागि नगरपालिका, प्रदेश र सङ्घ सरकारसँग छलफल गरिसकेको बताउँदै वडाध्यक्ष भण्डारीले प्राप्त आश्वासनलाई कार्यान्वयन गर्नका लागि नागरिक र सरोकारवालालेसमेत संयुक्त दबाब दिन आवश्यक रहेकामा जोड दिए । सो सडक कालोपत्र गर्नका लागि पूर्वाधार विकास कार्यालयले विस्तृत गुरुयोजनासमेत तयार गरिसकेको छ भने यसअघि रकमसमेत विनियोजन भए पनि कार्यान्वयन नगर्दा थप समस्या भइरहेको उनकाे भनाइ छ ।

पटक–पटक यो विषय उठान गरी आवश्यकताको बोध गराउँदा पनि त्यसको कार्यान्वयन नहुने अवस्था भएमा २०८१ बैशाख १६ गतेदेखि दबाबमूलक कार्यक्रम गर्ने वडाध्यक्ष भण्डारीले बताए । सडक कालोपत्र गराउने विषयमा सबैको सहयोगको अपेक्षा गरिएको उनले बताए ।


Read Previous

हिमालयन हाइड्रो एक्स्पो २०२४ः विद्युतीय सवारी प्रवर्द्धन गर्न इभी र्‍याली आयोजना गरिने

Read Next

ट्र्याक खुलेको २० वर्षपछि बल्ल गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै   

Leave a Reply

Your email address will not be published.