Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

हिमालयन हाइड्रो एक्स्पो २०२४ः विद्युतीय सवारी प्रवर्द्धन गर्न इभी र्‍याली आयोजना गरिने


काठमाडौं। आगामी बैशाख १२ देखि १४ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको चौंथो हिमालयन हाइड्रो एक्स्पो २०२४ को अवसरमा इभी (इलेक्ट्रिक भेइकल) र्‍याली गरिने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले इभेन्ट सोलुसन नेपालसँगको सहकार्यमा आयोजना गर्न लागेको हाइड्रो एक्स्पोको पहिलो दिन पेट्रोलिय आयात न्युनिकरण गर्न विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्ने उद्देश्यले इभी र्‍याली आयोजना गर्न लागिएको हो ।

हाइड्रो एक्स्पोको उद्घाटन अगाडि बैशाख १२ गते बिहान इभी र्‍याली गर्न लागिएको इभेन्ट सोलुसन नेपालका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । उनका अनुसार बिहान ६.३० बजेदेखि ८ बजेसम्म राजधानीमा विभिन्न रुटमा इभी र्‍याली सञ्चालन हुनेछ ।

कमलादीस्थित स्काईवक टावर अगाडिबाट सुरु भएको र्‍याली नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय, भद्रकाली, सिंहदरबार, माइतीघर, तिनकुने, कोटेश्वर चोक, ग्वार्को चोक, सातदोबाटो चोक, एकान्तकुना, जावलाखेल, थापाथली, रंगशाला, धरहरा, लैनचौर, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवास बालुवाटार, नागपोखरी हुँदै भृकुटीमण्डपमा आएर समापन हुनेछ ।

‘इभी र्‍यालीका लागि २६ किलोमिटर लामो रुट तयार गरेका छौं,’ प्रधानले भने,‘र्‍यालीमा दुई पाङ्ग्रे र ४ पांग्रे विद्युतीय सवारी प्रयोगकर्ता, इभी बिक्रेता,इपान पदाधिकारी,ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, विद्युत प्राधिकरणका प्रतिनिधिलगायत ऊर्जा क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने सरोकारवालाले सहभागिता जनाउँदैछन् ।’

उनले सन् २०२२ को हाइड्रो एक्स्पोका अवसरमा पनि इभी र्‍यालीआयोजना गरिएको र यस पटक पनि यस क्रमलाई निरन्तरता दिइएको बताए । सरकारले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जनमा जाने घोषणा गरिसकेकाले र्‍यालीले पेट्रोलियम खपत घटाउन विद्युतीय सवारी साधनको संख्या बढाउन सहयोग पुर्याउने इपान महासचिव बलराम खतिवडाले विश्वास व्यक्त गरे ।

३ दिनसम्म सञ्चालन हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा १०० भन्दा धेरै स्वदेशी तथा विदेशी कम्पनीहरुका स्टल रहनुका साथै विभिन्न ७ वटा विषयमा सेमिनार सञ्चालन हुनेछन् । एक्स्पोको ५० हजारभन्दा धेरैले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।


Read Previous

डिप बोरिङमार्फत पर्वतका २ विकट बस्तीमा खानेपानी सुविधा   

Read Next

पनौती-खोपासी सडक कालोपत्र गर्न स्थानीयकाे माग

Leave a Reply

Your email address will not be published.