Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग

ट्र्याक खुलेको २० वर्षपछि बल्ल गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै   


बागलुङ । २०६० सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा–भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ । जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन् ।

बागलुङ नगरपालिका र सङ्घीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो । गलुवा–काउले–देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ ।

बागलुङ नगरपालिकाको ५ करोड रुपैयाँ र संघीय सरकारको ५ करोड रुपैयाँ १० करोड रुपैयाँ लागत अनुमान गरिएको सडक  ७ करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीसँग २ वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो ।

“२० वर्ष अघि हामीले चन्दा उठाएर सडक खनेका थियौँ, पहिला तित्याङबाट खनिएको सडक पछि छोटो बनाउन गलुवाबाट भकुण्डे जोडिएको थियो । ट्र्याक खोलिएको २० वर्षपछि कालोपत्र हुन लागेको छ,” स्थानीयवासी नरबहादुर थापाले भने, “जनताले श्रमदान र चन्दा दिएर खनेको सडक कालोपत्र हुन लागेकोमा हामी खुसी छौँ ।”

बागलुङ नगरपालिका–१० भकुण्डेका वडा अध्यक्ष तिलबहादुर थापाले भकुण्डे पुग्ने ६ किमि सडक कालोपत्रको योजना रहेकोमा पहिलो चरणमा तीन किमि सडक कालोपत्रको पूर्वाधार निर्माण भइसकेको जानकारी दिए । हाल सडक चौडा बनाउने, नाली, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम सकिएको अध्यक्ष थापाले बताए ।

सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनीयर सोविन घर्तीले जानकारी दिए । सम्झौता भएको नौ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेपनि सङघ सरकारबाट चालू आर्थिक वर्षमा थप बजेट नआउँदा कालोपत्र गर्न ढिलाइ हुने नगरपालिकाले जनाएको छ ।

२०८२ जेठ १९ गते सक्नुपर्ने कालोपत्रको काम त्यस अगावै सक्ने तयारीमा निर्माण व्यवसायी थिए, तर बजेट अभावले आगामी आर्थिक वर्षसम्म काम सकेर नगरपालिकालाई हस्तान्तरण गर्ने तयारी छ ।

“कामको गति तीव्र थियो,” इञ्जिनीयर घर्तीले भने “बहुवर्षीय ठेक्का भएका कारण आगामी वर्षसम्म ठेक्का धकेलिएको हो, उक्त सडक कालोपत्र सकिएलगत्तै थप तीन किमिका लागि ठेक्का लगाउने तयारी नगरपालिकाको छ ।”

यस्तै नगरपालिकाको पञ्चकोट पुग्ने सडक कालोपत्र गर्न सङ्घीय सरकार र बागलुङ नगरपालिकाको समपूरक योजनामा १० करोड रुपैयाँ  लागत मूल्याङ्कन गरेर स्विकृतिका लागि पठाइएको घर्तीले बताए । भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएको गाउँ हो । तर सडक स्तरोन्नती नहुँदा पर्यटकले सास्ती भोग्दै आएका थिए ।


Read Previous

पनौती-खोपासी सडक कालोपत्र गर्न स्थानीयकाे माग

Read Next

सरकार जलविद्युत क्षेत्रकाे विकासका लागि लगानीमैत्री वातावरण बनाउन सधैं सकारात्मक छः ऊर्जामन्त्री बस्नेत

Leave a Reply

Your email address will not be published.