Nepal Purbadhar

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

पूर्वाधार निर्माणकाे काममा ढिलाइ हुन दिन्न : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ  


काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले अब कुनै पनि हालतमा काममा ढिलाइ नहुने बतार्नुएका छन् । सिंहदरबारस्थित कार्यालयमा बुधबार पदबहाली गर्दै महासेठले देशभरका भौतिक पूर्वाधार निर्माणको काममा भइरहेको ढिलासुस्ती अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उनले ढिलासुस्तीका कारण र त्यसको समाधानसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए ।  मन्त्रालयका सहसचिव कृष्णराज पन्थको नेतृत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ ।

“विकास निर्माणका सबै काम १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको छु । काममा किन ढिलाइ भयो, यसअघि भएका कमीकमजोरी र यो काम गर्न योजनासहित अब के गर्नुपर्छ भन्नेबारे कार्यदलले अध्ययन गर्नेछ”, उपप्रधानमन्त्री महासेठले भने, “अब काममा ढिलाइ हुने छैन ।”

उपप्रधानमन्त्री महासेठको राजनीतिक यात्रा    

उपप्रधानमन्त्री महासेठ नेकपा (एमाले) बाट धनुषा निर्वाचन क्षेत्र नं ४ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका छन् ।  लामो समयदेखि राजनीतिमा सक्रिय रहनुभएका उहाँले यसअघि तीन पटक सङ्घीय सरकारमा मन्त्रीको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।
उपप्रधानमन्त्री महासेठ २०३७ सालमा अनेरास्ववियुको पूर्वाञ्चल क्षेत्रको अध्यक्षमा निर्वाचित भएका थिए । उनले २०५४ सालदेखि एमालेको केन्द्रीय कमिटी सदस्य तथा पछि स्थायी कमिटी सदस्यकाे जिम्मेवारी सम्हालेका छन् ।


Read Previous

बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनलाई छुट्टै खरिद प्रकियाबाट तीव्र गतिमा निर्माण गरिने

Read Next

ऊर्जा मन्त्रालयमा बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन   

Leave a Reply

Your email address will not be published.