Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

ऊर्जा मन्त्रालयमा बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन   


काठमाडौं । बुधबार अपराह्न १ः१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए पनि यसअघि मन्त्री बनिसकेका शक्तिबहादुर बस्नेत पुनः ऊर्जा मन्त्रालयमा नआउने अनुमान गरिएको थियो ।

सोही आधारमा ऊर्जा मन्त्रालयले पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको बिदाइ समारोह राखेको थियो । बिदाइ समारोहमा मन्त्रालय र मातहतका निकायका अलावा, जल तथा ऊर्जा आयोगका सचिवलगायत कर्मचारी उपस्थित थिए । जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीले ऊर्जामन्त्री बस्नेतको कार्यकालमा ऊर्जा क्षेत्रले उल्लेखनीय प्रगति गरेको बताइन् । ऊर्जा सचिव गोपालप्रसाद सिग्देल, जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारीले पनि बस्नेतको राजनीतिक जीवनको सफलताको कामना गरे ।

ऊर्जा क्षेत्रमा पछिल्लो एक वर्षको अवधिमा उल्लेखनीय प्रगति भएको बताउँदै मन्त्रालय र मातहतका पदाधिकारीले मन्त्री बस्नेतको बिदाइ गरेका थिए । मन्त्रीका रुपमा एक वर्षको अवधि आफ्ना लागि पनि महत्वपूर्ण भएको उनले बताए । उनले एक वर्षको बीचमा रणनीतिक महत्त्वका काम भएको स्पष्ट पार्दै आगामी दिनमा आउने मन्त्रीले पनि आफ्नै पदचापमा काम गर्ने विश्वास व्यक्त गरे । उनले अप्रत्यक्ष रुपमा पुनः आफू नै यस मन्त्रालय सम्हाल्न आउने विश्वास विदाइ कार्यक्रममा व्यक्त गरेका थिए ।  नभन्दै त्यस्तै भयो ।

बिहीबार अपराह्न १ः१५ बजे मन्त्री बस्नेतलाई खादा, माला पहिराएर बिदाइ गरेका मन्त्रालयका कर्मचारीले पुनः राति ८ः३० बजे पुनः स्वागत गरे र सफल कार्यकालको शुभकामना दिए । नवनियुक्त ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पदबहाली गर्दै मन्त्रालयका सबै कर्मचारीसँग मिलेर मुलुक र जनताको हितका लागि काम गर्ने बताए ।

सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव बस्नेतलाई ऊर्जामन्त्रालयका सचिवद्वय सिग्देल र जलस्रोत तथा सिँचाइ सचिव तिवारी, जल तथा ऊर्जा आयोगका सचिव सरिता दुवाडीलगायतले मन्त्रालयमा स्वागत गरे ।

साँझ स्वागत समारोहमा सचिव सिग्देलले आफ्नो जीवनमा पहिलोपटक एकै दिन बिदाइ र स्वागत गर्न पाउने बिरलै अवसर पाएको बताए ।   “यो मेरा लागि जीवनकै महत्वपूर्ण अवसर हो । यसले हामीलाई थप जिम्मेवार बनेर काम गर्नका लागि पनि सहयोग गर्नेछ ,”उनले भने ।

दुई महत्त्वपूर्ण प्रस्तावमा हस्ताक्षर    

पदवहालीलगत्तै मन्त्री बस्नेतले ‘नयाँ राष्ट्रिय ऊर्जा तथा विद्युत् विकास नीति’ तर्जुमा गर्न एक कार्यदल गठन गर्नेसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरे । सो कार्यदलमा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल संयोजक, सहसचिव नवीनराज सिंह, सहसचिव कलानिधि पौड्याल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सदस्य छन् ।

यस्तै, जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको गाइडलाइन तयार पार्ने निर्देशिकामा पनि मन्त्री बस्नेतले हस्ताक्षर गरे । त्यसले प्रसारण शुल्क निर्धारण तथा प्रसारण लाइनको सञ्चालनलगायतका विषय समेटिएको छ । विद्युत् नियमन आयोग ऐनमा भएको व्यवस्थाअनुसार विस्तृत जनरल नेटवर्क एक्सेसको निर्देशिका तयार हुनेछ ।


Read Previous

पूर्वाधार निर्माणकाे काममा ढिलाइ हुन दिन्न : नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठ  

Read Next

मादी नदीमा निर्माणाधीन ‘आर्क डिजाइन’ पुल १२ प्रतिशत पूरा 

Leave a Reply

Your email address will not be published.