Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

माथिल्लाे दाेर्दी ‘ए’ काे २५ मेगावाट विद्युत प्रसारण प्रणालीमा,परीक्षण उत्पादन सुरु


लमजुङ । लमजुङमा निर्माण सम्पन्न २५ मेगावाटकाे माथिल्लाे दाेर्दी ‘ए’ जलविद्युत आयोजनाबाट विद्युत उत्पादन सुरु भएकाे छ । लिवर्टी इनर्जी हाइड्रोपावर कम्पनीले निर्माण पूरा गरेकाे आयोजनाबाट बिहीबारदेखि परीक्षण उत्पादन सुरु गरिएकाे हाे ।

दोर्दी गाउँपालिका–६ ढोडेनीस्थित आयोजना एक महिनाअघि निर्माण सम्पन्न भएको हाे । विभिन्न चरणकाे परीक्षणपछि नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेलीले विद्युत प्रसारण प्रणालीमा जाेडेकाे आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए ।

“हामीले लामाे समय लगाएरै भए पनि आयोजना निर्माण सम्पन्न गर्याैं । आयोजनाबाट परीक्षण उत्पादन थालिएकाे छ । अबकाे २ सातासम्म परीक्षण गरी आयोजनाबाट व्यापारिक उत्पादन सुरु गर्नेछाैं” उनले भने । उनका अनुसार कात्तिकबाट व्यापारिक उत्पादन सुरु हुनेछ । आयोजनामा १२.५ मेगावाटका २ वटा उत्पादन युनिट छन् ।

याे आयोजना पहिले नै निर्माण सम्पन्न भइ सञ्चालनमा आइसक्नु पर्ने थियाे । तर, प्रसारण लाइनकाे समस्या तथा बर्खामा आउने भीषण बाढीले संरचनामा क्षति पुर्याउँदा पटक–पटक विद्युत उत्पादनकाे तालिका प्रभावित हुन पुगेकाे थियाे ।

क्षतिग्रस्त संरचनाकाे मर्मत तथा पुनर्निर्माण गरेसँगै प्रसारण लाइनकाे समस्या पनि समाधान भएपछि उत्पादन सुरु गरिएकाे कम्पनीले जनाएकाे छ ।“आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार सात सय मिटर लामो भूमिगत सुरुङ र २ हजार ७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दीखोलाको पानीलाई विद्युतगृहमा झारिएको छ । र विद्युतगृहबाट विद्युत उत्पादन भएकाे छ” वस्तीले भने ।

आयोजना निर्माण सम्पन्न गर्न ३ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण अवधि सम्बिएपछि लागत थपिएकाे कम्पनीले जनाएकाे छ । अब याे आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ५४ लाख रुपैयाँ पुग्ने कम्पनीको अनुमान छ ।

२०७१ बाट निर्माण थालिएकाे आयोजना २०७४ सालमा सम्पन्न गर्ने लक्ष्य थियाे । तर, विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी एवं २०७६ भदौमा आएको बाढीका कारण आयोजनाकाे संरचनामा क्षति पुगेपछि निर्धारित समयमा निर्माण सम्पन्न हुन सकेन ।

सम्झौताअनुसार आयोजनाको निर्माण सम्पन्न गर्न नसक्दा पटक–पटक म्याद थप गर्दै आएको थियो । आयोजनाको बिजुली हिउँदको समयमा प्रतियुनिट ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रूपैयाँ नेपाल विद्युत प्राधिकरणले खरिद गर्नेछ ।

दाेर्दी काेरिडाेरमा याे आयोजनासँगै पिपुल्स हाइड्रो पावर कम्पनीले  जिल्लाकै ठूलो ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ निर्माण गरिरहेकाे छ । याे आयोजनाकाे काम पनि अन्तिम चरणमा पुगिसकेकाे छ ।

हिमालयन पावर पार्टनरले निर्माण गरेको २७ मेगावाटको दोर्दीखोला निर्माण सम्पन्न भइ सञ्चालनमा आइसकेकाे छ । त्यस्तै, दोर्दीखोला जलविद्युत् कम्पनी प्रवर्द्धक रहेकाे १२.१ मेगावाटको दोर्दी–१ पूरा हुने चरणमा छ ।


Read Previous

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ शुक्रबारदेखि खनिने, ५ वर्षमा सञ्चालन गर्ने लक्ष्य

Read Next

कात्तिक १८ र १९ गते  ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुने

Leave a Reply

Your email address will not be published. Required fields are marked *