
जनकपुरधाम। मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका आठओटै जिल्लामा जम्मा ५९१.१८ किलोमिटर सडक निर्माण तथा विस्तार गरेको छ।
यस अवधिमा २२७.०६ किलोमिटर ढलान, ३३६.६८ किलोमिटर ग्राभेल र २७.४४ किलोमिटर कच्ची सडक निर्माण गरिएको हो। साथै ६१.१० किलोमिटर पक्की नाला, १३८ कल्भर्ट, १८४ ह्युमपाइप र तीन ओटा पुल निर्माण गरिएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।
सडक तथा पुल निर्माणबाट ग्रामीण क्षेत्रको यातायात सहज हुनुका साथै कृषि उत्पादन बजारसम्म पुर्याउन र दैनिक आवतजावतमा सहजता आएको मन्त्रालयको भनाइ छ।
