Nepal Purbadhar

तस्बीरमा हेर्नुहोस् जलेको संसद परिसरमा जलेका गाडीको थुप्रो, हेर्नेको भीड


काठमाडौं। नयाँ बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा मंगलबार दिनभर चहलपहल रह्यो। जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन मन्त्री, पूर्वमन्त्री, धार्मिक गुरु, आन्दोलनका घाइते तथा सहिद परिवारलगायत त्यहाँ पुगेका थिए।

भवन परिसरमा भने आन्दोलनका क्रममा जलेका सवारीसाधनको भग्नावशेषले फरक दृश्य देखाएको थियो। उपत्यकाका विभिन्न स्थानमा आगजनीबाट क्षतिग्रस्त भएका सवारीसाधन एक वर्षदेखि पुरानो संसद भवन परिसरमा थन्काइएका छन्।

आन्दोलनका क्रममा काठमाडौँ उपत्यकामा १ हजार ४२ ओटा सवारीसाधन नष्ट भएका थिए।

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेकाहरूले परिसरमा थुपारिएका जलेका गाडी अवलोकन गरेका थिए। उनीहरूले जलेका सवारीसाधनका तस्बिर तथा भिडियोसमेत खिचेका थिए।

एक वर्षअघि भएको आगजनी र विध्वंसको सम्झना गराउने यी भग्नावशेष मंगलबार कार्यक्रमस्थलमा पुगेकाहरूको ध्यानको केन्द्र बनेका थिए।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोड मौज्दात

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar