Nepal Purbadhar

नारायणी अस्पतालको क्याथ ल्याब सञ्चालनमा


काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि सञ्चालनमा आउन नसकेको क्याथ ल्याब सेवा सञ्चालनमा आएको छ।

२०७६ चैतमा खरिद गरिएको क्याथ ल्याब उपकरण लामो समयसम्म जडान हुन नसक्दा सेवा सञ्चालनमा आउन सकेको थिएन। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपकरण जडान गरी सेवा सञ्चालनमा ल्याउन निर्देशन दिएपछि गत असारदेखि जडान प्रक्रिया अघि बढाइएको थियो।

उपकरण जडान सम्पन्न भएपछि भदौ १० गतेदेखि अस्पतालमा क्याथ ल्याब सेवा सञ्चालनमा आएको हो। सेवा सञ्चालनमा आएसँगै बिरामीले नारायणी अस्पतालबाटै मुटुरोगसम्बन्धी विशिष्टीकृत उपचार सेवा लिन थालेका छन्।

क्याथ ल्याब सञ्चालनमा आएपछि मधेस प्रदेशसहित आसपासका जिल्लाका सेवाग्राहीलाई मुटुसम्बन्धी विशिष्टीकृत उपचारका लागि अन्य प्रदेश वा ठूला स्वास्थ्य संस्थामा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।

अस्पतालमै क्याथ ल्याब सेवा उपलब्ध भएपछि मुटुसम्बन्धी उपचारमा सहजता आउनुका साथै समय र खर्चसमेत बचत हुने अपेक्षा गरिएको छ।


Read Previous

तस्बीरमा हेर्नुहोस् जलेको संसद भवन परिसरमा जलेका गाडीको थुप्रो, हेर्नेको भीड

Read Next

दैलेखमा सुख्खा पहिरो जाँदा कर्णाली राजमार्ग पुनः अवरुद्ध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar