Nepal Purbadhar

सहिद परिवारको असन्तुष्टि पछि गृहमन्त्री गुरुङ जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए

जेनजी सहिद स्मृति दिवसको अवसरमा मंगलबार नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री सुधन गुरुङ । तस्बिर : नेपाल फोटो लाइब्रेरी।


काठमाडौं। गृहमन्त्री सुधन गुरुङ ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ उद्घाटन नगरी फर्किएका छन्।

जेनजी आन्दोलनका सहिदहरुको सम्झनामा निर्माण गरिएको पार्क उद्घाटनका लागि सातदोबाटो पुगेका गृहमन्त्री गुरुङ सहिदका परिवारले सालिकको अनुहार नमिलेको भन्दै आपत्ति जनाएपछि उद्घाटन नगरी फर्किएका हुन्।

सहिदका आफन्तहरुले निर्माण गरिएका सालिक आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरुको अनुहारसँग मेल नखाएको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरुले सालिक नसच्याएसम्म अनावरण गर्न नदिने अडान लिएका छन्।

पार्कमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनाको सालिक निर्माण गरिएको छ। पौडी पोखरी परिसरको दुई रोपनी जग्गामा निर्माण गरिएको पार्कलाई सहिदहरुको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले जनाएको छ।


Read Previous

फरक कम्पनीको ग्यास सिलिन्डर साटेर दिनुपर्ने, थप रकम लिन नपाईने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar