
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री शाहको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ।
प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेका थिए। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले वाग्लेलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम छ। उनी असोज १० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।
प्रधानमन्त्रीको भ्रमण अवधिभर वाग्लेले कार्यवाहक प्रधानमन्त्रीका रूपमा सरकारको दैनिक कार्यसम्पादन सम्हाल्नेछन्।

