Nepal Purbadhar

मिड सोलु हाइड्रोपावरले १५.६९ प्रतिशत लाभांश दिने


काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को खुद मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.६९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

कम्पनीको सोमबार साँझ बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयरबापत १२ करोड १० लाख ११ हजार रुपैयाँ बराबरको सेयर वितरण हुनेछ। यस्तै, कर प्रयोजनका लागि ०.६९ प्रतिशत अर्थात् ७० लाख १४ हजार ६६८ रुपैयाँ नगद लाभांश वितरण गरिनेछ।

हाल कम्पनीको चुक्ता पुँजी ६४ करोड ६ लाख ६० हजार रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ।

मिड सोलु हाइड्रोपावरले सोलुखुम्बुमा ९.५ मेगावाट क्षमताको सोलु जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ ।


Read Previous

बेलायतले गल्छी-रसुवागढी सडक पुनर्निर्माणमा सहयोग गर्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar