Nepal Purbadhar

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ११ अर्ब ९५ करोड मौज्दात


काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार भदौ २३ गते साँझ ५ बजेसम्म कोषका ९ ओटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र २ ओटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।

डलरलाई प्रतिअमेरिकी डलर १५० रुपैयाँ ८८ पैसाका दरले रूपान्तरण गर्दा कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको हो।

रसुवा-भोटेकोशी बाढीपछिको कुल सङ्कलन भने ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर पुगेको छ। यो रकम विपद्अघिको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दातबाहेकको हो।

भदौ २३ गते मात्रै कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर प्राप्त भएको छ।

राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई कोषबाट १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको छ।

अर्थ मन्त्रालयले प्रभावित परिवारलाई निरन्तर सहयोग गर्ने स्वदेश तथा विदेशका व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।

सरकारले राहत कोषमा सहयोग गर्न आधिकारिक पोर्टल donate.gov.np मार्फत योगदान गर्न आग्रह गरेको छ।

स्रोत: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय


Read Previous

बाढी प्रभावित विद्यालयको अवस्था बुझ्न शिक्षामन्त्री पोखरेल प्रभावित क्षेत्रमा

Read Next

तस्बीरमा हेर्नुहोस् जलेको संसद परिसरमा जलेका गाडीको थुप्रो, हेर्नेको भीड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar