Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

कात्तिक १८ र १९ गते  ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुने


काठमाडाैं । आगामी कात्तिक १८ र १९ गते राजधानीमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गर्न लागेकाे हाे ।

फेस्टमा १ सय भन्दा बढी स्टार्टअप तथा इन्नोभेसनहरूको सहभागिता रहने आयोजकले जनाएकाे छ । यसअघि ७ वटै प्रदेशमा फेस्ट हुँदै आएकाेमा यसपटकका लागि उपत्यका बाहिरबाट करिब ४० बढी स्टार्टअप तथा आइडियाहरू छनौट गरिएकाे छ ।

आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनाेट भएका उत्कृष्ट १२ सहित १ सय बढी स्टार्टअप, प्रडक्ट र इन्नोभेसनहरूले सहभागिता जनाउने भएका छन् । फेस्टममा विभिन्न संस्थाहरूले विकास गरेका नयाँ प्रविधि तथा इन्नोभेसन, रोबोट, ड्रोन र रकेट साइन्सका उपकरणहरू समेत प्रदर्शनमा राखिने भएकाे छ ।

काठमाडौं बाहिरबाट सहभागी हुने ४० बढि स्टार्टअप र आइडियाका सस्थापकहरुलाई किंङ्स कलेजले ३ दिनको बुटक्याम्प सञ्चालन गर्नेछ । यसैगरी विभिन्न आइटी कम्पनीमा भिजिट र मेन्टरिङका सेसनहरू पनि सञ्चालन हुनेछन् ।

फेस्टमा इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ को प्रतिस्प्रधाबाट छनाेट भएका उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसनहरुले पनि सहभागिता जनाउने छन् । उनिहरूलाई अवलोकनकर्ताले प्रत्यक्ष भोटिङ गर्न सकिने सुविधा पनि उपलब्ध हुनेछ ।

उत्कृष्ट ५ को छनाेटको लागि उनिहरूले सोहि दिन प्रिजेन्टेशन एण्ड स्पिड डेटिङ सेसनमा पनि सहभागि हुनेछन् । यस बाहेक अन्य राम्रा इन्नोभेसनहरू भएमा पनि सहभागिता जनाउन सकिने आयोजकले जानकारी दिएकाे छ ।

आयोजकका अनुसार  www.nepalistartup.com वेबसाइट मार्फत स्टार्टअप तथा इन्नोभेसनलाई दर्ता गर्न सकिनेछ । स्टार्टअप एण्ड आइडिया फेस्ट अवलोकन गर्न कुनै शुल्क नलाग्ने पनि आयोजकले जनाएको छ ।

उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटिएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका छन् । उत्कृष्ट १२ प्रडक्टमा बीडीएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डाइनो सीआरएम, फिनपस, गल्ली म्याप्स, लोन अटोमेसन सिस्टम (क्रेडिट एक्स माइक्रो), रिंगेज भ्वाइस ब्रोडकास्टिङ स्कुल वर्क्स प्रो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट परेका छन् ।

विद्यार्थीले बनाएका उत्कृष्ट १२ इन्नोभेसनमा आस्क म्याटरब, कमर्सिएलाइजेसन अफ अटोनोमस इगल आई अन म्यान्ड एरियल भेहिकल (युएभी), कारोबार एप, मेजरमी डट एआई, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, सारङ्ग, एसओएल बिन, टिस्क्यान र स्पष्ट नेपाली पर्न सफल भएका छन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आइसिटी अवार्डको स्टार्टअप विधामा ४५ वटा डिजिटल स्टार्टअप, प्रडक्ट विधामा ३६ आइसिटी प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा युवाहरूको इन्नोभेटिभ आइडियाले आवेदन दिएका थिए । प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको छनाेट पश्चात उत्कृष्ट १२ को नाम छनोट गरेकाे हाे ।

यसैगरी, अन्य ९ विधामा अवार्डको छनाेट प्रकृया जारी छ । पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, वुमन आइकन आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्डको पहिलो चरणको छनाेट प्रकृया सञ्चालनमा छ ।

यसैगरी, डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक सेक्टर र प्राइवेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आइसिटी अवार्डको विधामा पनि छनाेट प्रकृया चलिरहेकाे छ । यसै वर्ष सुरु भएको साउथ एसिया स्टार्टअप आइसिटी अवार्डको लागि विभिन्न देशका विज्ञहरूको जुरी समिती पनि गठन गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसिसिआई लगायतसँगकाे सहकार्यमा अवार्ड कार्यक्रममा सञ्चालन हुँदै आएकाे छ । यस वर्षको अवार्ड कार्यक्रमकाे मुख्य प्रायाेजक इन्फोडेभलपर्स रहेकाे छ । जेनिसिस इन एसोसिएसन विथमा रहेको छ । अवार्डमा दराज, प्रेसिडेन्सियल विजनेश स्कुल, ब्रोडवे इन्फोसिस, वेद, किंस कलेज, हाम्रो पात्रो लगायतको सहयोग तथा सहकार्य छ ।


Read Previous

माथिल्लाे दाेर्दी ‘ए’ काे २५ मेगावाट विद्युत प्रसारण प्रणालीमा,परीक्षण उत्पादन सुरु

Read Next

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ टिबीएमबाट खन्न सुरु

Leave a Reply

Your email address will not be published.