Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

सुनकोसी-मरिन डाइभर्सन आयोजनाको सुरुङ शुक्रबारदेखि खनिने, ५ वर्षमा सञ्चालन गर्ने लक्ष्य


काठमाडौं । सरकारले शुक्रबार (भाेलि) देखि राष्ट्रिय गौरव तथा रुपान्तकारी सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु गर्ने भएको छ । तराईका ५ जिल्लामा सिँचाइ सुविधा पुर्याउने तथा ३१.०७ मेगावाट विद्युत उत्पादन गर्ने उद्देश्यले निर्माण गर्न लागिएको १३.३ किलोमिटर लामो सुरुङ अटोमेटिक टनेल बोरिङ मेसिन (टिबीएम) बाट खन्न लागिएको हो ।

सुरुङ खन्न उपयोग हुने अमेरिकी कम्पनी रोबिन्सले बनाएको टिबीएम आयोजना स्थलमा आइसकेको आयोजना निर्देशक मित्र बरालले बताए । उनका अनुसार सिन्धुलीको कुसुमटारबाट सुरुङ खन्ने कार्यको सुभारम्भ गरिनेछ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल तथा मन्त्रालयका सचिव  सुरुङ खन्ने कार्य सुभारम्भ भएको स्थलगत अवलोकन गर्न सिन्धुली पुग्दैछन् ।

‘यो बहुउद्देश्यीय आयोजना २०७७ सालमै शिलान्यास भएर अघि बढेको हो । एक वर्षदेखि सुरुङको ठेक्का प्रक्रियामा गई कार्यको थालनी गर्ने तयारीमा थियौं,’ उनले नेपाल पूर्वाधारसँग भने, ‘ठेकेदार नियुक्ति प्रक्रिया सकिएपछि सुरुङ खन्ने कार्यको थालनी हुन लागेको हो ।’ उनले काम सुरु गरेको मितिले २ वर्षभित्र यो सुरुङ खनिसक्ने तालिका रहेको जानकारी दिए ।

कुसुमटारबाट सुरु भएको सुरुङ खुर्कोटसम्म पुग्नेछ । चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड (कोभेक) ले सुरुङ निर्माणको काम गर्दैछ ।
विद्युत समेत उत्पादन हुने आयोजनाको बाँध निर्माणका लागि ठेकेदार छनोट प्रक्रिया अन्तिम चरणमा पुग्न लागेको पनि बरालले बताए । उनले अबको ४ महिनामा ठेकेदार छनोट प्रक्रिया पूरा भई बाँध क्षेत्रका संरचना बनाउन सुरु गरिने बताए । बाँध क्षेत्रका संरचना काम सुरु भएको साढे ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाको बाँध, सुरुङ, विद्युतगृह र प्रसारण लाइनलगायत सम्पूर्ण संरचना निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन ५ वर्षको तालिका तोकिएको उनले जानकारी दिए । आयोजना सम्पन्न गर्न ४६ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

आयोजना सम्पन्न हुँदा ३१.०७ मेगावाट विद्युत उत्पादन हुनुका साथै तराईका महोत्त्री, सर्लाही, धनुषा, रौतहट र बारा जिल्लाको १ लाख २२ हजार हेक्टर खेती योग्य भूमिमा सिँचाइ सुविधा पुग्ने पनि बरालले बताए ।

सुनकोसी नदीको पानी मरिन हुँदै बागमतीमा पुर्याउने बहुउद्देश्यीय आयोजना निर्माण गर्न डिजाइन तयार गरिएको छ । त्यसपछि बागमती सिँचाइ आयोजनाको ब्यारेजमार्फत तराईको खेती योग्य भूमिमा सुनकाेसीकाे पानी पुर्याएर सिँचाइ सुविधा विस्तार गरिनेछ ।

अहिले बागमती सिँचाइ आयोजनामार्फत तराईको ४५ हजार ६ सय हेक्टर भूमिमा सिँचाइ सुविधा पुगे पनि हिउँदमा पानी नपुग्ने समस्या थियो । सुनकोसी–मरिन डाइभर्सन आयोजना तयार हुँदा १ लाख २२ हजार हेकटर क्षेत्रफलमा वर्षभरी नै सिँचाइ सुविधा पुग्ने बरालले बताए ।

यसअघि भेरी–बबई बहुउद्देश्यीय आयोजनामा टिबीएमबाट सुरुङ खनिएको थियो । सुरुङ खन्न टिबीएम प्रयोग हुन लागेको सुनकोरी–मरिन दोस्रो आयोजना हो । यो आयोजना निर्माण गर्न २०७७ साल फागुन २० गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।


Read Previous

बालतडा खोलामा पुल नबन्दा जोखिमपूर्ण यात्रा गर्दै स्थानीय

Read Next

माथिल्लाे दाेर्दी ‘ए’ काे २५ मेगावाट विद्युत प्रसारण प्रणालीमा,परीक्षण उत्पादन सुरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *