Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

६२८ सर्किट किलोमिटर प्रसारण लाइन सञ्चालनमा,५३ लाख बढी घरधुरीमा ग्रिडकाे विद्युत


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले एक वर्षमा विभिन्न भोल्टेज लेभलको ६२८ सर्किट किलोमिटर प्रसारण लाइन सञ्चालनमा ल्याएको छ । प्राधिकरणले गत आर्थिक वर्ष (२०७८/७९) मा विभिन्न जिल्लाहरूमा निर्माणाधीन प्रसारण लाइन आयोजना सम्पन्न गरी प्रसारण प्रणालीको क्षमता बढाएको हो ।

यो अवधिमा २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको १०६ सर्किट किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई पूर्ण क्षमतामा सञ्चालन आएको बुधबार भइरहेको ३७औं वार्षिकोत्सवका अवसरमा जारी गरिएको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रतिवेदनमा जनाइएको छ । प्रतिवेदनका अनुसार २२० केभी मर्स्याङ्दी–काठमाडौं प्रसारण लाइनको १६४ सर्किट किलोमिटर प्रसारण लाइन सञ्चालनमा आई प्रणालीको क्षमता बढेको छ ।

यस्तै, १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको १८० सर्किट किलोमिटर प्रसारण लाइन पनि गत आर्थिक वर्षमा नै सम्पन्न भई सञ्चालनमा आएको छ । १३२ केभी क्षमताका मोतिपुर–सन्धिखर्कको १७४ सर्किट किलोमिटर, बर्दघाट–सर्दीको २८ सर्किट किलोमिटर, बुटवल–मेनहैयाको ३६ सर्किट किलोमिटर र नयाँ मोदी–लाहाचोकको ४० सर्किट किलामिटर प्रसारण लाइन निर्माण पूरा भई सञ्चालनमा ल्याइएको प्राधिकरणको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।

यसैगरी, यो अवधिमा १३८३ एमभिए क्षमताका ग्रिड सबस्टेसन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले चैनपुर सेती, आँधीखोला जलाशय, बेगना–रुपा पम्प स्टोरेज जलविद्युत आयोजनाको अध्ययन यो एक वर्षमा विभिन्न चरणमा पुर्याएको छ ।

४९० मेगावाटको अरुण–४ जलविद्युत आयोजना भारतको सतलज विद्युत निगमसँग मिलेर निर्माण गर्न समझदारी पत्रमा हस्ताक्षर गरेको पनि प्राधिकरणको वार्षिक प्रतिवेदनमा जनाइएको छ ।

विद्युत उपयोग गर्ने ग्राहक ५३ लाख २० हजार पुगे

देशभरमा विद्युत उपयोग गर्ने ग्राहकको संख्या ५३ लाख २० हजार पुगेका छन् । गत वर्ष राष्ट्रिय प्रसारण प्रणालीको विद्युत उपयोग गर्ने ग्राहक अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२५ प्रतिशत बढेपछि कूल ग्राहक संख्या ५३ लाख नाघेको हो ।

जसमा प्राधिकरणको विद्युत उपयोग गर्ने ग्राहक ४७ लाख ७० हजार छन् । साढे ५ लाख ग्राहक सामुदायिक संस्थामार्फत प्राधिकरणको सेवा लिने ग्राहक छन् । गत आर्थिक वर्षमा भएको विद्युतीकरण विस्ताले देशको कूल जनसंख्याको ९२.५१ प्रतिशतमा ग्रिडा प्रणालीको विद्युत पहुँच पुगेको पनि वार्षिक प्रतिवेदनमा जनाइएको छ ।


Read Previous

नेपालको पूर्वाधार विकास र निजी क्षेत्रको न्यून सहभागिता

Read Next

‘अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार कसैले नगर्नुहोस’

Leave a Reply

Your email address will not be published.