Nepal Purbadhar

बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेहरू भीड- तस्बिरहरू


काठमाडौं । भाइटीका पर्वका अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने र भाइटीका लगाउनेहरूको भीड लागेको छ।

दिदीबहिनी नभएका तथा दाजुभाइ नभएका दिदीबहिनीले यहाँ पुगेर टीका लगाउने परम्परा रहेकाले मन्दिर परिसरमा सर्वसाधारणको चहलपहल बढेको हो।

वर्षमा एकपटक भाइटीकाका दिन मात्रै खुल्ने बालगोपालेश्वर मन्दिरमा टीका लगाउन तथा दर्शन गर्न काठमाडौं उपत्यकासहित विभिन्न स्थानबाट श्रद्धालुहरू पुगेका छन्।

मन्दिर परिसरमा बिहानैदेखि टीका लगाउने, पूजाआजा गर्ने र दर्शन गर्नेहरूको उपस्थिति बाक्लो देखिएको छ। भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयतालाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ।


Read Previous

शरीर र आत्मशुद्धिको कामना गर्दै नेवार समुदायले मनाए म्हःपूजा (तस्बिर)

Read Next

भोजपुरको तिवारीभञ्याङ-च्याङ्गे सडक कालोपत्र, गाउँपालिकाको केन्द्रसम्म यात्रा सहज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar