
काठमाडौं । भारतले नेपालका लागि २४ हजार करोड भारतीय रुपैयाँ (भारु) बराबरको विकास सहयोग प्याकेज घोषणा गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको संयुक्त प्रेस ब्रिफिङका क्रममा उक्त सहयोग प्याकेज घोषणा गरेका हुन् ।
घोषित सहयोग रकम नेपाली रुपैयाँमा करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबर हुन्छ ।
भारतले घोषणा गरेको उक्त प्याकेज नेपालका विकास आयोजना तथा पूर्वाधार निर्माणमा केन्द्रित हुने अपेक्षा गरिएको छ ।

