Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

सीप, पुँजी र उद्यमशिलता नेपालमा उपयोग गर्न प्रधानमन्त्रीको गैरआवासीय नेपालीलाई आह्वान


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासी नेपालीले विदेशमा गएर सिकेको सीप, पुँजी र उद्यमशिलताको उपयोग गर्न आह्वान गरेका छन् ।

बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीबार राजधानीमा आयोजना गरेको नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगारबारेको सेमीनारामा उनले विदेश बस्दाको ज्ञान र सिप नेपालको विकासका लागि उपयोग गर्न आग्रह गरेका हुनु ।

भूकम्पपछिको विपदमा गैरआवासीय नेपालीले नेपालमा ठूलो सहायता गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले सरकारले दुई करोडसम्म विदेशी लगानी ल्याउन पाउने लगायतका व्यवस्था र अन्य नीतिगत सुधार गरी लगानीका लागि सरकारले वातावरण बनाएको बताए । गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्ने उनले बताए ।

परराष्ट्र मन्त्री डा. नारायण खड्कालले गैरआवासीय नेपालीको भूमिका नेपालको विकासका लागि महत्वपूर्ण रहेको बताउँँदै बढीभन्दा बढी लगानी भित्र्याउन आग्रह गरे ।

कार्यक्रममा एनआरएका कार्यकारी अध्यक्ष कुल आचार्य र अध्यक्ष बद्री केसीले सरकारले लगानीका लागि केही सकारात्मक बाटो बनाएपनि अझै सरलीकरण गर्नुपर्ने आवश्यकता रहेको बताए ।


Read Previous

निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्णः प्रधानमन्त्री

Read Next

ब्रोयडब्यान्डको पहुँच विस्तार गर्न विश्व बैकको १७ अर्ब सहायता