Nepal Purbadhar

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023

शनिबार, अशोज १३, २०८०
Saturday, September 30, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापनमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्णः प्रधानमन्त्री


चेम्बर एक्स्पो २०२२ भृकुटीमण्डपमा शुरु

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रर्वद्धन र आयात प्रतिष्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको नेपाल चेम्बर एक्स्पो २०२२ को बिहीबार उद्घाटन गर्दै उनले व्यापार घाटा न्यूनीकरण गर्नु मुलुकका लागि मुख्य चुनौती रहेको बताए । ‘निर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापन दुवै विषय निजी क्षेत्रको सक्रिय सहभागित र सहकार्य विना सम्भवन हुँदैन, उनले भने, ‘निकासी प्रर्वद्धन गर्दै व्यापार घाटालाई वान्छित सीमाभित्र राख्न सरकार निजी क्षेत्रसंग सहकार्य गरी अगाडी बढ्न तत्पर छ ।’

स्वदेशी उत्पादनलाई बढी भन्दा बढी गुणस्तरीय बनाई निर्यात प्रर्वद्धन मार्फत व्यापार घाटा न्यूनीकरण गर्न उनले व्यवसायीसँग आग्रह गरेका थिए । प्रधानमन्त्री देउवाले मुलुकको उद्यमशिलता विकास तथा निर्यात प्रवद्र्धनका लागि सरकारले निजी क्षेत्रसंग संधै हातेमालो गरेर अघि बढ्न चाहेको बताए ।

नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले कोभिड १९ पछिको असहज परिस्थितीकाबीच चेम्बर एक्स्पो गरिएको बताउँदै मुलुकको आर्थिक गतिविधीलाई चलायमान बनाउन पनि एक्स्पोले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

उनले मुलुक भित्र आयोजना हुने अन्तर्राष्ट्रिय स्तरका ब्यापार मेला तथा प्रदर्शनीहरुले नवीनतम प्रविधि, उत्पादन, उपभोक्ताको चाहना एवं वजारिकरण आदि आर्थिक तथा व्यापारिक गतिविधिहरुको प्रत्यक्ष अवलोकन गर्न सकिने हुनाले चेम्बर एक्स्पोहरुले स्वदेशी उद्यमी व्यवसायी एवं आम उपभोक्ताहरुको लागि अत्यन्तै उपयोगी हुने मल्लको भनाई छ ।
मेलामा घरेलु तथा स्वदेशी उत्पादनका साथै कृषि एवं जडिवुटी जन्य बस्तुहरु, इलोक्ट्रोनिक सामान, गार्मेन्ट्स एवं टेक्स्टायल, छाला जन्य बस्तुहरु, कस्मेटिक, खाद्य तथा दुग्ध जन्य सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एवं व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको सहकार्यमा आयोजित अन्तराष्ट्रिय मेलामा बंगलादेश पार्टनर कन्ट्रीको रुपमा रहेको छ । मेलामा नेपाल, भारत, पाकिस्तान लगायत अन्य राष्ट्रका उद्योगी व्यवसायी समेत गरि १ सय ५० भन्दा बढी स्टलहरु रहेका छन् ।


Read Previous

व्यवसायी पाण्डेलाई मातृशोक

Read Next

सीप, पुँजी र उद्यमशिलता नेपालमा उपयोग गर्न प्रधानमन्त्रीको गैरआवासीय नेपालीलाई आह्वान

Leave a Reply

Your email address will not be published.