Nepal Purbadhar

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024

शनिबार, बैशाख ८, २०८१
Saturday, April 20, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

आगामी नीति तथा कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम लागु गर्दैछौः गगन थापा


काठमाण्डौ/नेपाली कांग्रेसका महामन्त्री एवं पुर्व मन्त्री गगन थापाले आगामी नीति तथा कार्यक्रममा प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रम लागु गर्न लागेको बताएका छन् ।
राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवं अर्थविज्ञ डा स्वर्णिम वाग्लेद्धारा लिखित ‘अतृप्त अवसर’ पुस्तक विमोचन तथा समसामयिक अर्थराजनीतिक विमर्शमा उनले सो कार्यक्रम नेपाली उत्पादन र खपत बढाउन केन्द्रित हुने बताए ।
एनका अनुसार, ६ वटा विशेष क्षेत्रमार्फत उत्पादन प्रवद्र्धनको कार्यक्रममा आगामीइ नीति तथा कार्यक्रममा समावेश गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाईसकिएको छ । ‘नेपाली उत्पादन बढाउने र खपत बढाउनमा केन्द्रित उत्पादन प्रवद्र्धनको कार्यक्रममा कांग्रेसद्धारा प्रश्तुत समेत भईसकेको छ ।’–उनले भने–‘यसमा विशेष रुपमा टेक्सटाइल, जुत्ताचप्पल, कृषि तथा खाद्य सुरक्षा, वन पैदावर, जडिबुटी र औषधि, निर्माण उद्योग र हस्तकला ७ वटा क्षेत्र समेटिएको छ ।’
उनले आगामी हुने संसद चुनावपछिको सरकार गर्ने कामका लागि ३५ वटा क्षेत्र पहिचान गरिएको र ६० विज्ञहरुले यसको योजना बनाईरहेको बताउँदै यसले आगामी पाँच बर्षभित्र नेपाल कहाँ पुग्ने भने चित्र प्रश्तुत गर्ने बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं समाजशास्त्री उषा झालेसरकारले योजना बनाउँदा दिगो विकासलाई केन्द्रित गरी कम्तीमा २५ बर्षका लागि बनाउनुपर्ने बताइन । पाँच बर्षका लागि मात्र सोचेर काम गर्दा विकास नहुने उनको तर्क थियो । अर्थविद् डा.वाग्लेले राजनीतिलाई सफा बनाएर मात्र मुलुक विकासतर्फ अघि बढ्न सक्ने बताउँदै योजनाको विविधतामा विशेष ध्यान दिनुपर्ने बताए ।


Read Previous

अब आयातित ग्यासलाई होइन,विद्युतीय ऊर्जामा अनुदानः आपूर्ति मन्त्री बडु

Read Next

विद्यमान विश्वव्यापी खाद्य र इन्धन संकटको प्रभाव तथा समाधानको उपाय

Leave a Reply

Your email address will not be published.