Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

डिजेलमा ३ र पेट्रोलमा २ रुपैयाँ मूल्य बढ्यो


काठमाडौँ । डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढेको छ । बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल ३ र पेट्रोलमा २ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ ले बढेर आएको छ । भारतबाट मूल्य बढेर आएपछि आज रातिदेखि लागू हुनेगरी नेपालमा प्रतिलिटर पेट्रोलमा २ र डिजेल र मट्टितेलमा ३ रुपैयाँले मूल्य बढाइएको निगमले जनाएको छ ।

योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ भएको छ ।

 


Read Previous

ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने

Read Next

नेपालमा एक लाख भन्दा बढी अवैध भेप बरामद , कसले ल्याइरहेको छ ?