मुगु। मुगुको मुन्दु गाउँ र सेरा जोड्ने २५० मिटर लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ। कर्णाली प्रदेश सरकारले पुल निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले स्थानीयसँगको छलफलमा पुल निर्माण प्रक्रिया तत्काल अघि बढाइने बताए। उनले कोटिला र मुन्दु गाउँका सडक मर्मतसम्भार गर्नुका साथै धार्मिक तथा पर्यटकीय महत्वको ऋणमोक्ष धाम पुग्ने बाटोसमेत सुधार गर्ने प्रतिबद्धता जनाए।
पुल निर्माण भएपछि मुन्दु, कोटिला, लिउडी, घट्टलेक, तलीलेक र लुवारपोल्नालगायत दर्जनौँ बस्तीका बासिन्दालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।


