Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

भकुण्डे-तेमाल सडक निर्माण कछुवा गतिमा, २० महिनामा १० प्रतिशत काम   


काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको भकुण्डे–तेमाल सडकको सम्झौताअवधि सकिन अब ४ महिना बाँकी छ । दुई वर्षमा सम्पन्न गर्नेगरी २०७९ साउनमा सडक डिभिजन कार्यालय भक्तपुरसँग सम्झौता भएको सडकको अहिलेसम्म १० प्रतिशत मात्रै पूरा भएको छ ।

नमोबुद्ध नगरस्थित भकुण्डेचोकबाट नारायणस्थान हुँदै तेमाल गाउँपालिकाको मेच्छेसम्मको करिब २५ किमी सडक स्तरोन्नति एवं पक्की गर्न ललितपुरको केएस देवी रमण, तेजजुको लापरवाहीका कारण समयमै काम नसकिने देखिएको हो । उक्त आयोजनाका लागि २० करोड ८९ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । हालसम्म सडक किनारका केही स्थानमा पर्खाल निर्माण गरिएको छ ।

ठेकेदार कम्पनीलाई चाँडो काम गर्न पटकपटक ताकेता गर्दा बेवास्ता गरेका कारण आयोजना लथालिङ्ग अवस्थामा पुगेको नमोबुद्ध नपा–४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए । “आयोजनाको सुरुआती चरणमा केही काम भएको हो, त्यसपछि निर्माणकार्यले गति नलिँदा यस्तो अवस्था आयो”, उनले भने ।

हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे बाटोमा हिँड्नुपर्ने बाध्यताका कारण ठेकेदारविरुद्ध आन्दोलनमा उत्रने चेतावनी स्थानीयले दिएका छन् । उनीहरूले सम्बन्धित निकायले निरन्तर अनुगमन नगरेकामा आपत्ति जनाएका छन् । साथै, स्तरोन्नति थालिएको उक्त सडकको अनुगमन गरी काम शीघ्र सम्पन्न गराउन उनीहरूले माग गरेका छन् ।


Read Previous

लगानी सम्मेलनको गृहकार्य तीव्र पार्न बाेर्ड सचिवालयलाई समितिको निर्देशन   

Read Next

वेनी-जोमसोम-कोरला सडकमा ५ पुल निर्माण   

Leave a Reply

Your email address will not be published.