Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

मादी नदीमा निर्माणाधीन ‘आर्क डिजाइन’ पुल १२ प्रतिशत पूरा 


दमौली । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको मादी नदीमाथि निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम १२ प्रतिशत सकिएको छ । व्यास नगरपालिका–४ र ५ जोड्ने गरी निर्माण भइरहेको याे पुलकाे यति प्रगति भएकाे हाे ।

पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले व्यास नगरपालिका–५ स्थित सडक डिभिजन कार्यालय पछाडितर्फको भागमा काम सुरु गरेको छ । “हालसम्म १२ प्रतिशत भौतिक प्रगति भएको छ । पुल निर्माणको कामलाई तीव्रता दिन निर्देशन दिइएको छ ,”उनले भने ।

पाण्डेका अनुसार पुल निर्माण सुरु भएसँगै हालको सडक डिभिजन कार्यालय यहाँबाट विस्थापित हुने भएको छ । जग निर्माणको काम पूरा भएपछि त्यसभन्दा माथि क्याप राखेर निर्माण प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । याे पुलको ६ वटा स्पान हुने आयोजना कार्यालयले जनाएको छ ।

३१५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले सन् २०२२ अगष्ट ११ मा रू एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ ।

हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

 सडकको काम तीव्र    

मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा हालसम्म ५० प्रतिशत काम सकिएको छ । आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्डमा ५०.८९ प्रतिशत काम सकिएको इञ्जिनियर पाण्डेले जानकारी दिए । उनका अनुसार पूर्वी खण्डमा २० किलोमिटर खण्ड कालोपत्र भइसकेको छ ।

आँबुखैरेनी, बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न भागमा गरी १२ किमी दुईतर्फी र ८ किमी एकतर्फी खण्ड कालोपत्र सकिएको उनले बताए । आगामी बैशाख मसान्तसम्म दमौली बजारसम्म कालोपत्र गरिसक्ने लक्ष्य लिइएको छ ।

“त्यसका लागि दमौली बजारमा सडक मापदण्डभित्रका घर भत्काउने काम जारी छ”, पाण्डेले भने । उनका अनुसार दमौली बजारमा ७५ घरटहरा हटाइनेछ । अन्यत्र कामले गति लिए पनि दमौली बजारमा घर भत्काउन ढिलाइ हुँदा काम हुन नसकेकामा अहिले घरधनीले घर भत्काउने काम गरिरहेकाले उक्त खण्डमा पनि कामले गति लिने पाण्डेले बताए ।

पूर्वी खण्डको कामका लागि २०७७ माघ १७ गते सम्झौता भई २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१.४५ किमी यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ बैशाखसम्म रहेको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म पनि कालोपत्रको काम अगाडि बढेको छ । तनहुँको म्याग्दे गाउँपालिकास्थित जामुने, शुक्लागण्डकी नगरपालिकास्थित हलेदली र कोत्रेमा कालोपत्रको काम भइरहेको छ । पोखरा खण्डमा पनि केही दूरीमा कालोपत्र भएको छ । पश्चिम खण्डमा हालसम्म छ किमी एकतर्फी सडक कालोपत्र भएको छ ।

पश्चिम खण्डका इञ्जिनियर एवं सूचना अधिकारी नारायण पौडेलले यो खण्डमा पनि कालोपत्रको कामलाई तीव्रता दिइएको जानकारी दिए ।  उनका अनुसार यो खण्डमा हालसम्म करिब १५ प्रतिशत प्रगति भएको छ ।

पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म २०७८ जेठ २ गते सम्झौता भई २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्डको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले २०८१ भदौसम्म निर्माण सम्पन्न गर्नेगरी पाएको  पौडेलले बताए । उनका अनुसार ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।


Read Previous

ऊर्जा मन्त्रालयमा बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन   

Read Next

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण

Leave a Reply

Your email address will not be published.