Nepal Purbadhar

बालेन र मोदीले गरे चार परियोजनाको शिलान्यास र एउटाको उद्घाटन


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको सहयोगमा नेपालमा निर्माण भएका तथा निर्माण हुन लागेका पाँच परियोजनाको संयुक्त रूपमा उद्घाटन तथा शिलान्यास गरेका छन् ।

सोमबार भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित कार्यक्रममा दुवै देशका प्रधानमन्त्रीले स्वीच थिचेर चार परियोजनाको शिलान्यास र एउटा परियोजनाको उद्घाटन गरेका हुन् ।

संयुक्त रूपमा शिलान्यास गरिएका परियोजनामध्ये भारतको धार्चुलाबाट नेपालको दार्चुला जोड्ने मोटरेबल पुल पनि रहेको छ । यो पुल निर्माण भएपछि दुई देशबीचको सडक सम्पर्क थप सहज हुने अपेक्षा गरिएको छ ।

त्यस्तै, ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको पनि शिलान्यास गरिएको छ । भारतीय कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) ले निर्माण गर्ने यो आयोजना नेपालको ऊर्जा विकासका दृष्टिले महत्वपूर्ण मानिन्छ ।

यसैगरी, झापाको चारआलीमा निर्माण हुने ग्यास पाइपलाइन परियोजनाको पनि शिलान्यास गरिएको छ ।

यसअघि सञ्चालनमा रहेको मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको परियोजनाको भने उद्घाटन गरिएको छ । उक्त परियोजनाअन्तर्गत भारतबाट पाइपलाइनमार्फत पेट्रोल र मट्टितेल ल्याउन थालिएको छ ।

दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा भएका यी उद्घाटन तथा शिलान्यासले नेपाल–भारतबीच ऊर्जा, पेट्रोलियम पूर्वाधार र सीमापार यातायात सम्पर्क विस्तारमा सहकार्यलाई अघि बढाएको छ ।


Read Previous

जनकपुर–अयोध्या सीधा रेल सेवा सुरु, धार्मिक पर्यटन र दुई देशको सम्बन्ध थप मजबुत हुने अपेक्षा

Read Next

भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब रुपैयाँको विकास सहयोग प्याकेज घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar