Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

मुग्लिन-पोखरा सडक विस्तार : दमौलीका ५० घरधनीलाई मुआब्जा वितरण


तनहुँ ।  मुग्लिन-पोखरा सडक विस्तारअन्तर्गत तनहुँ सदरमुकाम दमौलीका ५० घरधनीले पहिलो किस्तावापतको मुआब्जा बुझेका छन् । सो क्षेत्रमा कूल ७० वटा घर भत्काउनुपर्नेछ । पहिलो किस्ता वापतको मुआब्जा बुझ्ने १३ घरधनीले आफैले घर भत्काउन सुरु गरेका छन् ।

पृथ्वीराजमार्ग सडकअन्तर्गत पूर्व र पश्चिम गरी दुई खण्डमा सडक विस्तार भइरहेको छ । हालको पूर्वी खण्डमा ५१ प्रतिशत र पश्चिम खण्डमा १७‍‍.५ प्रतिशत भौतिक प्रगति भएको छ । डिजाइनअनुरुप सडक दायाँबायाँ २३/२३ मिटर चौडा हुनेछ । दमौली र डुम्रे बजार क्षेत्रमा ६ लेनको सडक बन्नेछ । राजमार्गका न्य क्षेत्रमा भने ४ लेनको सडक बनाइनेछ ।

आयोजनाको पूर्वी खण्डमा एकतर्फी ३२ किलोमिटर दूरीमा कालोपत्र गरिएको मुग्लिन–पोखराको पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिए । उक्त सडकअन्तर्गत चार लेनको बाह्र किलाेमिटर र २ लेनको ८  किलाेमिटर सडक कालोपत्र गरिएको हो ।

पूर्वी खण्डमा ४१.७ किलोमिटर दूरी छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको हो ।

उक्त खण्डको सम्पन्न गर्नुपर्ने म्याद २०८१ बैशाखसम्म रहेको छ । कोभिडको समयमा निर्माण स्थगित भएपछि नेपाल सरकारबाट ६ महिना म्याद थप गर्ने प्रक्रियामा रहेको उनले बताए ।

त्यसैगरी, पश्चिम सडक खण्डअन्तर्गत २ लेनको सडकमा साढे ५ किमी दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र कार्य गरिएको छ । उक्त सडक खण्डअन्तर्गत तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्म ३८.८८ किलोमिटर दूरी रहेको छ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइै काइयुन हाइवे एन्डब्रिज कम्पनीले ठेक्का पाएको छ ।

पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इञ्जिनियर नारायण पौड्यालले जानकारी दिए । २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।


Read Previous

मादी नदीमा निर्माणाधीन ‘आर्क डिजाइन’ पुल १२ प्रतिशत पूरा 

Read Next

निर्धारित समय अगावै सम्पन्न भयाे खरानीटार-दोर्खुखोला सडक

Leave a Reply

Your email address will not be published.