Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

आर्थिक मन्दीलगायत विविध संकटलाई सम्बोधन नयाँ उपाध्यक्षको प्रमुख प्राथमिकता


काठमाडौंं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले रिकर्डो पुलिटीलाई एसिया–प्रशान्त क्षेत्रको नयाँ उपाध्यक्षमा नियुक्त गरेको छ । पुलिटीले निजी क्षेत्रको विस्तारमा प्रोत्साहन तथा खँस्किदो विश्वव्यापी आर्थिक परिदृश्य एवं अन्य विविध संकट प्रतिकार्यस्वरूप हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा प्रभावकारी साझेदारी सम्बन्धमा आईएफसीको तर्फबाट अघि बढाइएका क्षेत्रीय पहलको निरीक्षण गर्नेछन् ।

एसिया तथा प्रशान्त क्षेत्रका अर्थतन्त्रहरू लगातार कोभिड–१९ महामारीबाट उत्पन्न अवरोध, युक्रेनमाथि रुसी आक्रमण, विश्वभर अबलम्बन गरिएको कसिलो वित्तीय अवस्था र उर्जा तथा खाद्य वस्तुको उच्च मूल्यवृद्धि समेतबाट आक्रान्त छन् ।

यसका अतिरिक्त, विश्वको कमजोर आर्थिक वृद्धि र जलवायु परिवर्तनसँग सम्बन्धित जलवायुजन्य परिघटनाको तीव्र पुनरावृत्तिले क्षेत्रीय आर्थिक विकासको मार्गलाई धराशयी बनाउने चुनौती उत्पन्न भएको, विश्व बैंकको पछिल्लो ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’ प्रतिवेदनमा उल्लेख छ ।

आईएफसीका तर्फबाट एसिया तथा प्रशान्त क्षेत्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै पुलिटीले यस क्षेत्रका राष्ट्रहरूले सार्वजनिक खर्च बढाउने अवस्था न्यून रहेको सन्दर्भमा निजी क्षेत्रमा अझै धेरै लगानीको आवश्यकतामा जोड दिएका छन् ।

‘यस वर्ष विश्व अर्थतन्त्र अत्यन्त डरलाग्दोगरी आर्थिक मन्दीतर्फ अग्रसर रहेको छ, एसिया तथा प्रशान्त क्षेत्रको परिदृश्य स्पष्टसँग प्रतिकूलतातर्फ ढल्केको छ, विद्यमान परिस्थितिमा यो क्षेत्रमा रोजगारी र उत्पादन वृद्धिका लागि तत्काल धेरै लगानी आवश्यक छ,’ पुलिटीले भने, ‘नयाँ लगानी आकर्षण र प्रोत्साहनका लागि उपयुक्त नीतिगत व्यवस्था आवश्यक छ, राष्ट्रहरूले निजी क्षेत्रका लागि उपलब्ध लगानी (वित्तीयकरण सुविधा) परिचालनमार्फत् अपुग आवश्यक लगानी जुटाउन सक्नेछन् ।’

पछिल्लो दुई दशकयता एसिया तथा प्रशान्त क्षेत्रका उदयमान र विकासशील राष्ट्रहरूमा लगानी वृद्धि बाँकी विश्वको तुलनामा औसत दरभन्दा न्यून रहेको छ । यो अवस्थालाई परिवर्तन गर्नैपर्छ र इतिहासले हामीलाई भन्छ कि सुदृढ लगानी वृद्धिले लाभांश प्रदान गर्छ । स्वच्छ, नवीकरणीय तथा खर्च किफायती उर्जातर्फको प्रगति जलवायु लक्ष्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ साथै सँगै डिजिटल पूर्वाधारले यस क्षेत्रका बासिन्दाहरूका लागि प्रदान गर्न सक्ने सबै अवसर छोप्नुपर्छ ।

इटलीका नागरिक पुलिटीले यसभन्दा लगत्तै अघि विश्व बैंकको पूर्वाधार मामिला उपाध्यक्ष भएर विकासशील र उदयमान बजारहरूमा प्रभावकारी पूर्वाधार निर्माण गर्ने बैंकको विश्वव्यापी पहलको नेतृत्व गरेका थिए । त्यसभन्दा अघि, पुलिटीले अफ्रिकामा पूर्वाधार मामिला क्षेत्रीय निर्देशक र त्यसभन्दा पनि अघि उर्जा तथा उत्खनन् मामिला वैश्विक निर्देशक थिए । विश्व बैंकसँग आवद्ध हुनुअघि पुलिटी ‘युरोपियन बैंक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट’को प्रबन्ध निर्देशक थिए ।

‘जलवायुजन्य आघातरप्रतिकूलताका दृष्टिले एसिया तथा प्रशान्त क्षेत्र सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा पर्छ, यो अवस्थाले अर्बौं जनसंख्याको जीवन र जनजीविकाको सुरक्षा गर्न तत्काल कदम चाल्नुपर्नेमा जोड दिन्छ,’ पुलिटीले भनेका छन्, ‘यस क्षेत्रले यहाँका बासिन्दालाई आधारभूत सेवामा पहुँचबाट समेत वञ्चित गरिरहेको खर्बौं डलरका पूर्वाधारको ठूलो खाडललाई पनि पूर्ति गर्नुपर्नेछ ।

वित्तीय समावेशीतामा सुधार, स्वाथ्य सेवाको सुदृढीकरण, साना व्यवसायका लागि वित्तीय पहुँचमा अभिवृद्धि क्षेत्रीय आर्थिक विस्तारको इन्जिन र रोजगारीका मुख्य ‘इन्क्युवेटर’ भएकाले आईएफसीले लैंगिक समानता, डिजिटल विस्तार तथा पुँजी परिचालनजस्ता आधारभूत प्राथमिकताका क्षेत्रमा निरन्तर काम गर्नेछ ।’

‘चुनौतीहरू गहन छन् तर अवसरहरू पनि उत्तिकै छन् । यससँगै, तिनीहरूले लगानी उत्प्रेरित गर्ने, जलवायु परिवर्तन तथा सामुद्रिक प्रदुषणलाई सम्बोधन गर्न नवोदित हरित र ‘ब्लु ट्रान्ज्याक्सन’ लाई गति दिने साथै गरिबी निवारणका पहललाई दोब्बर पार्ने जस्ता आईएफसीले निजी क्षेत्रसँग गर्ने कामको महत्वलाई सुदृढ पार्छन् ।

पुलिटीले ‘इन्टिच्युटो सुपेरियर दी इस्टुडीओस् दी ला इम्प्रेसा’बाट एमबीए र केनेडी स्कुल अफ गभर्मेन्ट, हार्वर्ड विश्वविद्यालय र इम्पेरियल कलेजबाट स्नातकोत्तर हासिल गरेका छन् ।


Read Previous

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

Read Next

यो सम्मेलनले यातायात क्षेत्रमा भइरहेका अध्ययन अनुसन्धान र प्रविधिबारे जानकारी दिनेछ

Leave a Reply

Your email address will not be published.