Nepal Purbadhar

शिक्षामन्त्री सस्मित पोखरेलद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मन्त्री पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत उम्मेदवारी दिने निर्णय सार्वजनिक गर्दै पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन आफूले भूमिका खेल्ने बताएका छन्।

उनले फेसबुकमा लेख्दै भनेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएको जानकारी गराउन चाहन्छु। पार्टीको सिद्धान्त, मूल्य र अभियानलाई थप सशक्त बनाउन इमानदारीपूर्वक योगदान गर्ने प्रतिबद्धतासहित यहाँहरूको विश्वास र समर्थनको अपेक्षा गर्दछु।”

प्रधानमन्त्री नेतृत्वको वर्तमान सरकारमा शिक्षा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालिरहेका पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद हुन्।

निर्वाचनका क्रममा ‘हट सिट’ प्रतिस्पर्धीका रूपमा चर्चामा रहेका पोखरेल आफ्नो अभियान शैलीका कारण पनि व्यापक रूपमा चर्चित बनेका थिए। उनी सरकारका प्रवक्ताको जिम्मेवारी समेत सम्हालिरहेका छन्।

यसैबीच, रास्वपाको चितवनमा जारी पहिलो महाधिवेशनअन्तर्गत बन्द सत्रबाट प्रतिवेदन पारित भएपछि आगामी मङ्गलबारदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।


Read Previous

पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिँदै, फ्लाइ दुबईले असोजदेखि सिधा उडान शुरू गर्ने

Read Next

शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar