
काठमाडौं। अरनिको राजमार्गअन्तर्गत जडीबुटी–सूर्यविनायक खण्डमा सडक बत्ती मर्मत तथा पुनः सञ्चालनको काम तीव्र रूपमा अघि बढाइएको छ।
सडक बत्ती नबल्दा रातको समयमा यात्रा गर्ने सवारी चालक तथा सर्वसाधारणले दुर्घटनाको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गर्दै आएका थिए। सोही कारण बिग्रिएका बत्तीहरू मर्मत गरी पुनः सञ्चालनमा ल्याउने काम भइरहेको हो।

उक्त खण्डमा कुल ४५० ओटा १२० वाट क्षमताका स्मार्ट सडक बत्ती जडान गरिएको छ। यी बत्ती नेपाल विद्युत प्राधिकरणकाले सन् २०२२ मा जडान गरेको थियो।
हाल सम्बन्धित कम्पनीले बिग्रिएका बत्तीहरूको मर्मत तथा व्यवस्थापन कार्य गरिरहेको छ, जडानपछि सडक बत्ती प्रणाली पूर्ण रूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।






