Nepal Purbadhar

शुद्धीकरण सम्बन्धी अनुसन्धानका लागि एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका छन्।
स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको बताइएको छ। पौडेललाई सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याउने तयारी गरिएको छ।

पौडेल पार्टी कार्यक्रमका लागि सुर्खेतमा रहेको बेला पक्राउ गरिएको भनिए पनि प्रहरी तथा सम्बन्धित सरकारी निकायले यसबारे औपचारिक विवरण सार्वजनिक गरेका छैनन्।


Read Previous

शिक्षामन्त्री सस्मित पोखरेलद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar